८ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार्क बने विश्वकप इतिहासकै महान् बलर, मालिंगालाई पछि पार्दै विश्व कीर्तिमान बनाए



अ+ अ-

एजेन्सी । मिचेल स्टार्क विश्वकप इतिहासकै उत्कृष्ट बलर बनेका छन् । स्टार्क एकदिवसीय र टी–२० ढाँचामा संयुक्त रुपमा विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

उनले श्रीलंकाका पूर्व फास्ट बलर लासिथ मालिंगालाई पछि पारे । मालिंगाले विश्वकप खेल्दा करियरमा ९४ विकेट लिएका थिए । अब उनलाई मिचेल स्टार्कले पछि पार्दै ९५ विकेट लिएका छन् ।

अष्ट्रेलियाका तेज बलरले २०२४ को टी–२० विश्वकपमा बंगलादेशविरुद्ध खेलेको खेलमा यो ऐतिहासिक अंक छोएका हुन् ।

टी–२० विश्वकप २०२४ को ४४ औं खेल अष्ट्रेलिया र बंगलादेशबीच भएको छ । यो सुपर–८ चरणको खेल थियो, जसमा स्टार्कले तान्जीद हसनलाई बोल्ड गर्दै आफ्नो करियरमा विश्वकपको ९५ औं विकेट लिए । खेलको पहिलो ओभरको तेस्रो बलमा स्टार्कले तान्जिदलाई बोल्ड गरेका थिए ।

स्टार्कले विश्वकपमा मालिंगाभन्दा कम इनिङ्समा सबैभन्दा बढी विकेट लिने कीर्तिमान बनाए । मालिंगाले विश्वकपको ५९ इनिङ्समा ९४ विकेट लिएका थिए भने स्टार्कले ५२ इनिङ्समा ९५ विकेट लिए । बंगलादेशका स्टार अलराउन्डर शकिब अल हसन यो सूचीमा तेस्रो स्थानमा छन् । शकिबले ७५ इनिङ्समा ९२ विकेट लिएका छन् ।

मिचेल स्टार्कले आफ्नो करियरमा हालसम्म १२१ एकदिवसीय र ६३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीयका १२१ इनिङ्समा २२.९६ को औसतमा २३६ विकेट लिएका छन्, जसमा उनको उत्कृष्ट अंक ६/२८ रहेको छ । यसबाहेक उनले टी–२० अन्तर्राष्ट्रियका ६३ इनिङ्समा २३.८८ को औसतमा ७६ विकेट लिएका छन्, जसमा उनको उत्कृष्ट अंक ४/२० रहेको छ ।

 

 




भर्खरै