७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीलाई काँग्रेस सांसद राणाको प्रश्न: सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद उदयसमशेर राणाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? भनि प्रश्न गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सांसद राणाले गृहमन्त्री लामिछानेलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारा लगाएपछि निर्वाचित गरेपनि सो अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले बजेट जनताको भएकाले जनप्रतिनिधि सांसदहरुको सुझाव लिएर मात्रै त्यसलाई अघि बढाउन सरकारलाई सचेत गराउनु भयो । सांसद राणाले बजेट निर्माण गर्ने जनतासँग सुझाव लिने व्यवस्था पनि गर्नुपर्ने सुझाव सरकारलाई दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो बजेट कसको ? जनता कि सरकारको ? जनताको हो भने हामी सांसदहरु, हामी विपक्ष दलका सांसदहरु मात्रै होइन, सत्ता पक्षका सांसदहरुले पनि हाम्रो क्षेत्रमा कति बजेट पर्‍यो भनेर रातो किताव किन कुर्नुपर्ने ? हामीलाई यो भन्दा अघि हाम्रो जिल्लामा कति पैसा परेको छ ? सडक विभागले त्यहाँका सांसद, मेयर, उपमेयरलगायतका जनप्रतिनिधिलाई किन सोध्न नसक्ने ? त्यो आधारमा बजेट किन अघि बढ्न नसक्ने ? किन प्रधानमन्त्री, मन्त्री र कर्मचारीको मिलेमतोमा मात्रै बजेट छुट्टिनुपर्ने ? हामीहरु भनेको जनताको प्रतिनिधिहरु पनि हो । अब आउने दिनमा ओपन बजेटको कन्सेप्टमा हामीले जनता कहाँ पनि सुझाव लिनुपर्ने हुन्छ । अन्तिममा मेरो प्रश्न गृहमन्त्रीज्युलाई । तपाईलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारामा माया गरेर निर्वाचित हुनुभयो । गृहमन्त्रीज्यु यो नारा कहाँ गयो ? ’

सांसद राणाले प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरुको मिलेमतोमा मात्रै बजेट आउने गरेकाले त्यसले जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको जिकिर पनि गर्नुभयो ।