२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा नगर्न राप्रपा प्रमुख सचेतक शाहीको चेतावनी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रिय दल बन्ने चेतावनी दिनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको बताउनुभएको हो ।

उहाँले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिएमा कर्णाली प्रदेशमा क्षेत्रिय दल बन्नसक्ने चेतावनी दिनुभयो । उहाँले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो ? भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘भौतिक मन्त्री नेपालको हो कि धनुषाको मन्त्री हो ? म आज सभामुखलाई भन्न चाहान्छु, यो भाषा कर्णालीको हो । यो भाषा संसदमा नबोल्नुस् । संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईहरुले आफ्नो भाषा निर्माण गर्नुस् । यो जुम्लाको सिँजा, कर्णालीबाट आएको भाषा हो । याद दिलाउन चाहान्छु, २०५६ सालमा कर्णालीका ५ जिल्ला एमालेका लालकिल्ला थियो । २०६४ सालमा माओवादीको किल्ला भएको कर्णाली जब राज्यसत्ताले कर्णालीले आज प्रचण्डलाई प्रचण्ड बनाएको हो । कर्णालीको गल्ली गल्लीमा जनताले रगत बगाएर आज माओवादीका साथीहरु यहाँ मन्त्री बन्नुभएको हो । तर आज तिनै माओवादीका अध्यक्ष प्रधानमन्त्री भइरहँदा, केपी ओली सत्तापक्ष दलको संसदीय दलको नेता भइरहँदा कर्णालीलाई बजेट उपेक्षित गरिन्छ भने यहाँ कुनै पार्टी रहेन । कुनै दल रहेन । अब यही अवस्था यदि सिर्जित हुन्छ भने कर्णालीमा आफ्नो क्षेत्रिय दल बन्न सक्छ ।’

उहाँले कर्णाली प्रदेशलाई अपमान गर्ने भए कर्णाली प्रदेशको सिंजाबाट आएको नेपाली भाषा नबोलि आफ्नै भाषा निर्माण गर्न पनि उहाँले चेतावनी दिनुभयो ।