२० भाद्र २०८३, शनिबार
,
Latest
पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोपट्टी बाँधेर धर्ना बसे संसद्का कर्मचारी



अ+ अ-

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीहरूले महासचिव पद्म प्रसाद पाण्डेको कार्यकक्ष घेराउ गरेका छन् ।

मंगलबार कर्मचारीलाई सेवा सुविधाको व्यवस्था गर्न माग गर्दै उनीहरुले संसद् महासचिव पाण्डेको कार्यकक्ष घेराउ गरेका हुन् ।

संसद्‍मा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरे बापत सेवा सुविधा, भत्ता लगायत थप गर्न माग गर्दै धर्ना दिइएको संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले जानकारी दिए ।

कर्मचारीहरू बिहान १० बजेदेखि बिहान ११ बजेसम्म धर्ना बसेका र प्रतिनिधि सभाको बैठक सुरु भएपछि नियमित काममा फर्किएका उनले बताए । उनीहरुले हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।

संसद्का कर्मचारीहरूले गत जेठ २९ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् ।