३ पुष २०८२, बिहीबार
,
Latest
नेकपा (एमाले) का नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगः टोटनहमको लिड्स युनाइटेडमाथि शानदार जित



अ+ अ-

लन्डन ।  शनिबार इंग्लिस प्रिमियर लिगमा टोटनहमले लिड्स युनाइटेडलाई सजिलै ३–० अन्तरको गोलले हराएको छ । जितसँगै टोटनहम अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । जोसे मोउरिन्हो टिमको १६ खेलबाट २९ अंक भएको छ ।

टोटनहमको मैदानमा भएको खेल पूर्णतः घरेलु टिमको पक्षमा रह्यो । उसका लागि ह्यारी केनले पेनाल्टीबाट गोलको खाता खोले । उनकै पासमा ह्वेङ मिन–सनले दोस्रो गोल थपे । तेस्रो गोल टोबी एल्डरवायल्डको नाममा रह्यो र यसका लागि मिन–सनले पास उपलब्ध गराए ।

पराजित लिड्स २३ अंकमा ११ औं स्थानमा रहेको छ ।