८ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई हराउदै बंगलादेश सुपर आठमा



ST VINCENT, SAINT VINCENT AND THE GRENADINES – JUNE 16: Kushal Malla of Nepal bats as Litton Das of Bangladesh keeps during the ICC Men’s T20 Cricket World Cup West Indies & USA 2024 match between Bangladesh and Nepal at Arnos Vale Ground on June 16, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)
अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा समुह डीको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । यससँगै बंगलादेश सुपर आठमा पुगेको छ ।

१ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । नेपालको लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए ।

नेपालका अनील साह, गुल्सन झा र सोमपाल कामी शून्यमा आउट भए। कुशल भूर्तेल ४ रन, आशिफ शेख १७ रन, रोहित पौडेल र सन्दीप जोरा १र१ रन बनाएर आउट भए।

बंगलादेशका लागि तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए। मुस्ताफिजुर रहमानले ३, शाकिब अल हसनले २ तथा तास्किन अहमदले १ विकेट लिए।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुदै एक सय ६ रन बनाएको थियो ।

बंगलादेशका लागि शाकिब अल हसनले सर्वाधिक १७ रन बनाएका थिए । मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३ रन बनाउदा जाकेर अलीले १२ रन जोडे । त्यस्तै, ओपनर लिट्टन दासले १० रनको योगदान दिए ।

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै एक मेडेन राख्दै मात्र १७ रन खर्चिएर २ विकेट लिएका थिए ।यससँगै लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन् ।

सोमपाल कामीले ३ ओभर बलिङ गर्दै १० रन मात्र खर्चिएर२ विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीले ३।२ ओभर बलिङ गर्दै २२ रन खर्चर २ विकेट लिए ।

जारी विश्वकपमा नेपाल यो भन्दा अघिल्लो अर्थात तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको हार बेहोर्दा श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।




भर्खरै