२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

अष्ट्रेलियाको रोजगारी छोडेर गाउँमा बाख्रा पालनमा जुटेकी कुसुम

अष्ट्रेलियाको रोजगारी छोडेर गाउँमा बाख्रा पालनमा जुटेकी कुसुम
अ अ+ अ-

पशुपतिनगर । नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्ने गर्छ ।

इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्टेलियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल हुनुभएको छ । 
 
घरपरिवारसँगै बसेर परम्परागत पेशा तथा व्यापार गर्दागर्दै दुई वर्षअघि अष्ट्रेलिया गएकी थिएँ”, दाहालले भन्नुभयो, “अष्टे«लियको कृषि र पशुपालन फार्म हेरेपछि आफ्नै गाउँमा बाख्रापालन गर्न मन लाग्यो ।”

अहिले उहाँ यही व्यवसायमा संलग्न हुनुहुन्छ । त्यस्तै निजी वनमा रुख हुर्काएर पनि वर्षेनी लाखौँ आम्दानी गर्नुभएको छ ।

उहाँले गाउँमा र आफ्ना साथीको विदेश जाने लर्को लागेको देखेर अष्टेलिया जान मन लागेको भन्दै केही वर्षअघि अष्ट्रेलिया गएको बताउनुहुन्छ ।

दाहालले भन्नुभयो, “उहाँ विदेशमा जत्तिको मेहनत गरे त गाउँमै रोजगारीसँगै आम्दानी पनि मज्जाले गर्न सकिने रहेछ”, दाहाल भन्नुहुन्छ ।

दाहालले विदेशको व्यापार र रोजगारको अवसर हेरेपछि आफूले धेरै कुरा सिकेको बताउनुभयो । विदेशमा कृषि र पशुपालनमा लाग्नेलाई, सीप, प्राविधिक ज्ञान र सरकारी सहयोग पाएको देखेको उहाँ बताउनुहुन्छ ।

दाहालले भन्नुभयो, “हामीले परम्परागतरुपमा बाख्रापालन गरिराखेको अवस्थामा प्राविधिक ज्ञान लिएर काम गर्दा आम्दानी बढ्छ भन्ने लागेर स्वदेश फर्किएँ ।”

नेपाल फर्किएपछि दाहालले बाख्रापालनको तालिम लिनुभयो । तालिमपछि उहाँले आफ्नो माइतीमा रहेको ५४ रोपनी जग्गा ठेक्का लिएर बाख्राको खोर बनाउने काम शुरु गर्नुभयो ।

पुरानो पेशा व्यापारलाई निरन्तरता दिएर माइजोगमाई– ३ स्थित लप्सीबोटेमा बाख्रापालन शुरु भयो ।

दुई वर्षअघि स्थापना भएको अन्नपूर्ण कृषि तथा पशुपालन फार्ममा अहिले ६० वटा उन्नत जातका बाख्रा छन् । फार्ममा साधन, बयर र स्थानीय जातका बाख्रा छन् ।
 
बाख्रासँगै दाहालले स्थानीय जातको कुखुरा पनि पाल्नुभएको छ ।

इलाम पर्यटकीय जिल्ला भएकाले आन्तरिक पर्यटकको पनि घुइँचो नै लाग्ने गर्दछ । यी स्थानीय जातका कुखुरा आन्तरिक पर्यटकका लागि नै खपत हुने गरेको र अधिकांश कुखुरा घरबाटै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।

“विदेशमा बसेर गर्ने दुःख नेपालमै गरे त रोजगारीसँगै आम्दानी बढ्ने रहेछ दाहालले भन्नुभयो, “जग्गामा राम्रो उत्पादन हुने र घाँस प्रशस्त हुँदै आएको बारीमा चिया, अकबरे खोर्सानी र खोर बनाएर बाख्रापालन गरिएको छ ।”
 
दाहालले चुला चौकाको काम भ्याएर भए पनि कृषि पेशा गर्न मन लागेको बताउनुहुन्छ । घरव्यवहार तथा अरु पनि कार्यभित्रैदेखि लगाव लगाएपछि गर्न सकिँदो रहेछ भन्ने अुनभव आफूले लिएको दाहालको भनाइ छ ।

“घरगाउँमा सबै कृषि पेशामै छन् विदेशमा पनि कृषिबाट करोडौँ आम्दानी गरेको देखेका हामीले आधुनिक तरिकाले कृषि र पुशपालन गर्दा राम्रौ नै आम्दानी हुँदोरहेछ, उहाँले बताउनुभयो ।” 

करीब ५४ रोपनी क्षेत्रफलमा घाँस भएकाले उहाँलाई बाख्रा पाल्न गाह्रो भएको छैन । घाँस खेर जान नदिन मेसिनबाट कुटी काटेर बाख्रालाई दिने गरिएको छ ।

दाहालको भनाइ छ, “आम्दानी पनि राम्रो छ, नाफासँगै सन्तुष्ट पनि छु । फार्ममा गाउँका दुई युवाले रोजगारी पाएका छन् ।” 
    
व्यवस्थापनका लागि बृहत् योजना बनाउने र लगानी जुटाउने काम भइरहेको भन्दै बिस्तारै खोरसँगै बाख्रा पनि थप्ने योजना रहेको उहँको योजना छ ।

अहिले उहाँको फार्ममा बाख्राको सङ्ख्या वृद्धि गरी ठूलो बनाएर १० जनालाई रोजगारी दिने योजना रहेको छ । “प्रदेश एककै नमूना बाख्रा फार्मसँगै उन्नत जातका बाख्राको स्रोत केन्द्रका रुपमा आफ्नो फार्मको विकास गर्नेछ”, उहाँले सुनाउनुभयो ।  

शुरुमा रु १२ लाख लगानीबाट व्यवसाय शुरु भएको र अहिले फार्ममा लगानी रु ३० लाख पुगेको छ । यो आर्थिक वर्षको छ महिनामा बाख्रा बिक्रीबाट रु १५ लाखभन्दा बढी आम्दानी गरेको दाहालको भनाइ छ ।

“पश्चिम नेपालबाट साधन जातको बाख्रा र पूर्वी नेपालको पहाडी जिल्लाबाट बोयर जातको बाख्राको माग उच्च रहेको छ”, उहाँ बताउनुहुन्छ ।  

व्यापारमा रमाइरहेको र उच्च शिक्षा हासिल गरेको मान्छेले बाख्रा किन पालेको भने पनि धेरैले गिज्याएको उहाँको अनुभव छ । तर आफूले हिम्मत नहारी बाख्र्रा र कुखुरापालनसँगै अकबरे खुर्सानीबाट आम्दानी राम्रो गरेको उहाँले बताउनुभयो ।

दाहालको बुझाइमा उच्च शिक्षा हासिल गरेका मानिसले कृषि पेशामा लागे बजारको भाउ बुझ्न, प्राविधिक ज्ञान लिन सजिलो हुने भएकाले व्यावसायिक कृषि पेशमा युवायुवती नै लाग्नुपर्ने हुन्छ ।

उच्च शिक्षा लिएको युवा कृषि र पशुपालनमा लाग्यो भने आफ्नो हातको मोबाइलबाटै प्राविधिक ज्ञान र बजारको अवस्था बुझ्न सकिने पनि उहाँको अनुभव छ । 

“बाख्राको बजार निकै राम्रो छ”, दाहालले भन्नुभयो, “बोयर बाख्रा नयाँ जात भएकाले सबै किसानले फार्मबाटै एक दुई वटा गर्दै खरिद गर्दै आएका छन् ।”

बोयर बाख्रा प्रतिकिलो रु एक हजार ५०० देखि रु तीन हजार ५०० मा बिक्री हुन्छ । पश्चिमतिर साधन जातको ब्राखाको माग रहेकाले पूर्वमा बोयर र पश्चिममा साधन जातको बाख्रा बिक्री गर्दै आएको उनले जानकारी दिनुभयो । 

कुसुमको बाख्राको फार्मसँगै कुखुरापालन पनि छ । अहिले खोरमा ५०० स्थानीय जातका कुखुरा छन् । कुखुराको बजारको समस्या छैन दाहालले सुनाउनुभयो । उहाँको घरबाटै कुखुरा प्रतिकिलो रु ६०० मा बिक्री हुँदै आएको छ ।

कुखुरा गाउँघरदेखि शहरबजारका व्यक्ति पनि खरिद गर्न पुग्छन् दाहालको फार्ममा । कुखुरा र बाख्राको प्रशस्त मल हुने भएपछि दाहालले अकबरे खुर्सानीको खेती गर्नुभएको हो ।

दाहालले दुई रोपनी जमिनमा इलामको अकबरे खुर्सानी खेती गर्नुभएको छ । अकबरे खुर्सानी प्रतिकिलो रु ३०० मा बिक्री हुने गरेको छ । उहाँले यो वर्ष मात्रै ८० किलो खोर्सानी बिक्री गरेको बताउनुभयो ।  

गाउँमा बढ्यो बाख्रापालन :

 कुसुम दाहालले बाख्रापालनबाट पाएको सफलताबाट गाउँमा अहिले बाख्रापालनमा फर्किने युवाको सङ्ख्या बढ्दो छ । महिलाले बाख्रा फार्म खोलेको देखेपछि गाउँका दिदीबहिनीहरु बाख्रापालनमा लागेको स्थानीय रोशन काफ्लेले बताउनुभयो ।

“गाउँमा आधुनिक तरिकाले बाख्रापालन गरेपछि हरेक घरमा खोर बनाइएको छ र बाख्रापालन गर्नेको सङ्ख्या बढेको छ”, फार्मकी सञ्चालक दाहालले भन्नुभयो, “मैले बाख्रा फार्म खोलेपछि गाउँका धेरै महिला दिदीबहिनी पनि आएर बाख्रापालनको अनुभव लिएर आउनुभएको छ, धेरैले फार्म नै शुरु गर्नुभएको छ ।” 

यहाँको अन्नपूर्ण बाख्रा फार्म खोलिएपछि अनुभव साटासाट पनि हुन थाल्यो र धेरै युवायुवतीले यो पेशा थालेका छन् । केही समययता मात्र यहाँ १० वटा नयाँ फार्म खोलिएको छ ।

दाहालले भन्नुभयो, “पुराना सात वटा मात्रै फार्म थिए मैले फार्म स्थापना भएपछि माइजोगमाई गाउँपालिकाभित्र ३० वटासम्म फार्म स्थापना भएका छन् ।”

“मैले बाख्रापालन शुरु गरेपछि मलाई धेरैले पछ्याउनुभएको छ, मलाई निकै खुशी लागेको छ, गाउँवासीमा प्रेरणा जगाउने महिला भएको छ”, दाहालले भन्नुभयो ।

उहाँले व्यावसायिकरुपमा नै बाख्रा पाल्न शुरु गरेपछि गाउँमा जागरण नै आएकाले धेरैको घरमा फार्मका रुपमा नभए पनि १५ देखि २० वटा बाख्रा अधिकांशले राखेका छन् ।

बाख्राको मल चिया खेतीका लागि राम्रो हुने भएकाले किसानमा पनि आकर्षण बढेको छ । 

घरको कामसँगै सानो कृषि व्यवसाय र पशुपालन गर्दा आम्दानी हुने भएकाले त्यसतर्फ लाग्न सबै दिदीबहिनी र युवालाई दाहालको आग्रह छ ।

“घरको काम सबै दिदीबहिनीले गर्नुपर्छ भन्ने होइन कि घर बाहिरको व्यावसायिक कामको थालनी गर्दा पनि हुन्छ”, दाहालले भन्नुभयो । काम गर्न इच्छाशक्ति हुनुपर्ने र काम सानो ठूलो जस्तो भए पनि गर्न छोड्नु नहुने उहाँको सुझाव छ । 

कुसुम दाहालको सफलताका लागि परिवारको सहयोग मुख्य रहेको छ ।

व्यापार व्यवसायबाट खान लाउन पुग्दा पुग्दै पनि मलाई आफ्नो इच्छाअनुसार काम गर्न पाएको छु, “मलाई श्रीमान् दामोदर दाहाल र ससुरा युवराज दाहालको सहयोग महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

उहाँले माइतीको जग्गा ठेक्का लिएर बाख्रा र कुखुरापालन तथा कृषि कर्म शुरु गरेको बताउनुहुन्छ । 

कुसुमको कामप्रति उहाँका श्रीमान् पनि सन्तुष्ट हुनुहुन्छ । दामोदरले भन्नुभयो, “हामीलाई खान लाउन समस्या नभए पनि काम गर्छु भन्नेलाई मैले सक्दो सहयोग गरेको छु र कामप्रति सन्तुष्ट पनि छु ।” – 

गंगा पराजुली /रासस