४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप फुटबलः आयोजक जर्मनीको विजयी सुरुवात



अ+ अ-

काठमाडौँ । आयोजक जर्मनीले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ ।

गएराति एरिना म्युनिखमा भएको उद्घाटन खेलमा जर्मनीले स्कटल्यान्डलाई ५–१ गोलले पराजित गरेको हो । जर्मनीका फ्लोरिएन रिट्ज, जमल मुसियाला, काई हार्भट्ज, निकलस फुलक्रग र एम्री चानले गोल गरे । स्कटल्यान्डले एक गोल उपहार पायो ।

खेलको ४४ औँ मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिएको थियो । पेनाल्टी बक्समा गुन्डोवानलाई खराब ट्याकल गरेपछि रायन पोर्टेअसले रातो कार्ड पाएका थिए ।

जितसँगै जर्मनीले समूह ‘ए’ मा ३ अङ्क जोडेको छ ।