५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदमुक्त भए गण्डकीका मन्त्री देवकोटा



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन् ।

प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए ।

नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए ।

माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका उनी भोपिपल्टै ऊर्जामन्त्री नियुक्त भएका थिए ।

माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र पठाएसँगै देवकोटाको सांसदसँगै मन्त्री पद पनि गएको हो ।