मिलान । इटालीको सिरी ए को शीर्ष स्थानमा एसी मिलानले इन्टर मिलानलाई उछिनेको छ । उसले आइतबार बेनेभेन्टोलाई २-० ले हराएको छ । दश खेलाडीमा सीमित मिलानका लागि फ्रान्क केसीले पहिलो गोल गरे ।
दोस्रो गोल राफेल लिओले गरे । यो जितपछि एसी मिलानको ३५ खेलबाट ३७ अंक भएको छ र फेरि शीर्ष स्थान कब्जा गर्न पनि सफल रह्यो । यसअघि इन्टरले क्रोटोनेलाई ६–२ ले हराएर केही समयका लागि पहिलो स्थान हात पारेको थियो ।
इन्टरको त्यस जितमा लउटारो मार्टिनेजले ह्याट्रिक गरे । इन्टरको ३६ अंक भएको छ । आइतबार नै क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युभेन्ट्सले युडिनेजीलाई ४–१ ले हरायो । युभेन्ट्स २७ अंकमा पाँचौं स्थानमा रहेको छ ।










