११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
पाँच सामुदायिक वनमा जिप सफारी सिद्धान्त लोहनीको उपचारमा क्यानको सहयोग भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’ युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ–प्रधानमन्त्री किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग



अ+ अ-

काठमाडौँ । किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो माग गर्नुभएको हो । उहाँले सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलो भन्दा बढी मल नपाउने अवस्था रहेको बताउनु भयो ।

उहाँले भक्तपुरका कृषि उब्जनी हुने मध्येपुर ठिमी र बोडे लगायतका किसानहरुले १० किलो भन्दा बढी मल नपाएको बताउनु भयो । उहाँले मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गर्नुभयो । उहाँले किसानहरुले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकार मलको अभाव छैन भन्छ । तर भक्तपुरका किसानहरु १० किलो भन्दा मल पाउँदैनन् । भक्तपुरको नयाँ ठिमी,बोडे कृषि उब्जनी हुने क्षेत्र छ । तर सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन । कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन् । यो विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गरोस् ।’

उहाँले कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो ।