७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत होस्: सांसद राना



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्हार गर्न माग गरिएको छ । पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद् सीताकुमारी रानाले झोलुङ्गे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताउनुभयो । आइतबार कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ खच्चर दुर्घटनामा परेका थिए ।

सांसद् रानाले पुल तुरुन्तै मर्मत सम्हार नगरे मानवीय दुर्घटना हुनसक्ने भन्दै सरकारको ध्यानार्कषण गराउनुभयो । “सरकारले जतिसक्दो छिटो प्राविधिक टोली पठाएर कर्णालीको पुल मर्मत गर्नुपर्ने स्थिति छ”, उहाँले भन्नुभयो, “होइन भने प्राकृतिक प्रकोपले झनै स्थिति नाजुक हुन सक्छ । कर्णालीका बासिन्दालाई सरकार छ भन्ने आभास होस् ।”