१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दर्भ गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस : गिरिजा बाबुको सन्तुलित कूटनीतिले ठूलाठूला सङ्कटको समाधान



अ+ अ-

काठमाडौँ । नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइराला को १२औँ स्मृति दिवसको सन्दर्भमा ‘गिरिजाप्रसाद कोइराला र नेपालको पररास्ट्र सम्बन्ध’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ।  

गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशन र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा त्रिविवि कीर्तिपुरमा भएको सो कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सुजाता कोइरालाले गिरिजा बाबुले हाम्रा दुवै छिमेकी राष्ट्र, महाशक्ति राष्ट्र अमेरिका तथा हाम्रा विकासका साझेदार राष्ट्रहरु सबैसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गरी अगाडि बढेको हुनाले देशमा आइपरेका ठूलाठूला सङ्कटहरु  पनि उहाँको नेतृत्वमा निर्मूल भएको बताउनुभयो। 

उहाँमा सबै मित्र राष्ट्रलाई विश्वासमा लिएर काम गर्न सक्ने क्षमता रहेको स्मरण गर्दै पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कोइरालाले सन्तुलित विदेश नीति नै नेपालको दीर्घकालीन हितमा रहेको बताउनुभयो।


 
वरिष्ठ परराष्ट्रविद डा दिनेश भट्टराई र डा राम थपलियाले गिरिजाप्रसाद कोइरालाको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्दै उहाँले अवलम्बन गरेको विदेश नीतिबारे विस्तृत कार्यप्रत्र प्रस्तुत गर्नुभएको थियो। 

मानविकी सङ्कायका डीन प्रा डा कुशुम शाक्यले गिरिजा बाबु एक अन्तर्राष्ट्रियस्तरको राजनेता भएको बताउँदै फ़ाउण्डेशनले उहाँका योगदानहरुलाई सम्बर्धन गर्न शैक्षिक संस्थाहरुसँग सहकार्य गरी अनुसन्धानमुलक क्रियाकलाप अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो। 

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग, त्रिभुवन विश्वविद्यालयका प्रमुख प्रेम खनालले नेपालको परराष्ट्र मामिलामा विभागले नियमित कार्यक्रमहरु गरिरहेको उल्लेख गर्दै गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशनसँग पनि विदेश नीतिसम्बन्धी अध्ययन तथा अनुसन्धानमुलक कामहरुमा सहकार्य गरेर जाने बताउनुभयो। 

समझदारीपत्रमा हस्ताक्षर 

कार्यक्रममा गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशन र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। फ़ाउण्डेशनले स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थीलाई गिरिजाप्रसाद कोइराला तथा नेपालको परराष्ट्र नीति, लोकतन्त्र, शान्ति तथा आर्थिक विकाससँग जोडिएको विषयमा शोधपत्र तयार गर्न रु ८०,००० बराबरको गिरिजाप्रसाद कोइराला रिसर्च फेलोशिप प्रदान गर्नेछ। 

साथै अन्य शैक्षिक कार्यक्रमहरुमा पनि सहकार्य हुनेछ। सोसम्बन्धी समझदारीपत्रमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख खनाल र फ़ाउण्डेशनका तर्फबाट रिसर्च डाइरेक्टर डा ताराप्रसाद बन्जाडेले हस्ताक्षर गर्नुभयो।




भर्खरै