३ पुष २०८२, बिहीबार
,
Latest
विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल साउथह्याम्पटनसँग पराजित



अ+ अ-

साउथह्याम्पटन । सोमबार इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनले अंक तालिकाको शीर्षमा रहेको लिभरपुललाई १–० ले हराएको छ । ड्यानी इन्ग्सले दोस्रो मिनेटमा गरेको उत्कृष्ट गोलमा साउथह्याम्पटनले जित पक्का पारेको हो । यो नतिजाले लिग उपाधिको होड खुल्ला भएको छ ।

खेलमा लिभरपुलको आक्रमण धारिलो रहेन र लगातार दोस्रो खेलमा टिम गोल गर्न असफल रह्यो । चोटग्रस्ट खेलाडीले सताइरहेको लिभरपुलले मध्यपंक्तिमा कामचलाउ जोर्डन हेन्डरसन र फाबिन्होको जोडी उतारेको थियो । खेलको एक मात्र गोल भने लिभरपुलका पूर्व खेलाडीकै नाममा रह्यो । इन्ग्स सन् २०१८ मा लिभरपुलबाट साउथह्याम्पटन गएका थिए । यो जितपछि साउथह्याम्पटन छैटौं स्थानमा उक्लेको छ र उसको २९ अंक भएका छ ।

लिभरपुलको ३३ अंक छ र अझै शीर्ष स्थानमा छ । तर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडमाथि लिभरपुल गोल अन्तरले मात्र अगाडि रहेको हो । म्यानचेस्टरले एक खेल पनि कम खेलेको छ ।