३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलक्षित माओवादी केन्द्रका सांसद आलेको टिप्पणी: संसद विघटनको कुरा नकोट्याए हुन्थ्यो



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद विघटन गरेको भनि दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नयाँ सत्तासमिकरण बनाएर हिँडिरहेका बेला त्यस्तो कुरा नकोट्याउनु उपयुक्त हुने धारणा राख्नुभएको हो ।

सांसद आलेमगरले आफू समेत बस्ने साझा घर भत्काए जसरी ओलीले पार्टीमा झगडा भयो भनेर प्रतिनिधि सभा विघटन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नयाँ सत्ता समिकरणमा सामेल भएकाले कसैले पनि त्यो समिकरणमाथि आँच आउने खालको अभिव्यक्ति दिन नहुने पनि बताउनु भयो ।

सांसद आलेमगरले भन्नुभयो, ‘बजेट कार्यान्वयनका लागि इमान्दारिता चाहियो । यो इमान्दारिता हामी राजनीतिककर्मीहरु त केही दिनका पाहुँना हौं । स्थायी सरकारले यो काम गर्नुपर्ने हुन्छ । यसका लागि स्थायी सरकार इमान्दार देखिनुपर्छ भन्ने मलाई लाग्छ । त्यसका लागि म आग्रह गर्न चाहन्छु । जुनजुन निकाय त्यसका लागि जिम्मेवार हुन्छ । उहाँहरुको ध्यान यसमा पुगेस् भन्न चाहन्छु । केही दिनअघि प्रतिनिधि सभा विघटनालाई जष्टिफाई गर्ने कुराहरु पनि भए । हुन त हरेक कुराको सन्दर्भ हुन्छ । त्यसको औचित्य र उपाधेयता पनि हुन्छ । त्यो घटना बितिसकेको छ । तर यहाँ उठेको हुनाले मैले केही कुरा गर्न चाहे ।’

‘कुरा सुन्दा कस्तो लाग्यो भने आफ्नो घरमा घरका सदस्यहरु बीच झगडा भयो । घरमुलीले आपूm समेत भएको साझा घर भत्काईदियो । आफ्नो घरमा झगडा भएको छ भने त आफ्नो घरको झगडाको पो मिलाउने होला । त्यो झगडा मिलाएको पो त्यो घरमा बस्ने होला । आफूसमेत बस्ने साझा घर भत्काएर त आफ्नो घर कसरी बन्छ होला । जे जे भएपनि त्यो सन्दर्भ बिर्सिसकेको अवस्था थियो । त्यो नकोटयाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यो विषयमा मैले पनि कुरा राखे । यतिबेला हामी एउटा सहयात्रामा यात्री बनेर हिँडिराखेका छौं । नयाँ समिकरण बनाएर हामी हिँडीरहेका छौं । त्यसैले यी वितेका कुराहरु सायद कसैले पनि आदरणीय नेतागण, हामी जस्ता कार्यकर्ता कसैले पनि नकोट्याईदिए हुन्थ्यो भन्ने मलाई लाग्छ ।’

त्यस अवसरमा सांसद आलेमगरले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि कर्मचारीतन्त्रलाई आग्रह गर्नुभयो ।