१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार पहिलो घण्टामा नेप्से परिसूचक १७.७६ अंकले उकालो लाग्यो



symbolic picture
अ+ अ-

काठमाडौं । बुधबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १७ दशमलव ७६ अंकले उकालो लागेको छ । यस अवधिमा २ हजार १७० दशमलव ८३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८२ प्रतिशतले बढेर २ हजार १८३ दशमलव २६ विन्दुमा पुगेको छ ।   

बुधबार पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । कारोबारको पहिलो घण्टामा स्वाभिमान लघुवित्त र नारायणी विकास बैंकको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९६ र ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । 

पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको ९ हजार ३७८ पटकको कारोबारमा १९ लाख १३ हजार ४८३ कित्ता शेयरको रू. ९२ करोड ३५ लाख ७१ हजार बराबरको खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार २९९ मा कारोबार भइरहेको छ ।