२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डमाथि अष्ट्रेलियाको सानदार जित



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । बार्बाडोसको केन्सिङ्टन ओभलमा खेलिएको समूह ‘बी’को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर २०१ रन बनाएको थियो ।

जवाफमा इङ्लिस टोलीले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो । अस्ट्रेलिया यस विश्वकपमा २०० रनको अंक छुने पहिलो टोली बनेको छ । अब अष्ट्रेलियाले जुन ११ मा नामिबिया र इंग्ल्याण्डले जुन १३ मा ओमानको सामना गर्नेछ ।

यो जितसँगै अस्ट्रेलिया दुई खेलबाट दुई जित र चार अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ । योसँगै स्कटल्याण्ड तीन अंकसहित दोस्रो स्थानमा छ । दुई अंकसहित नामिबिया तेस्रो र एक अंक जोडेको इंग्ल्याण्ड चौथो स्थानमा छ ।

ओमानले खाता खालेको छैन । इङ्ल्यान्ड र स्कटल्याण्डबीचको खेल वर्षाले रद्ध भएको थियो जसका कारण टोलीले सुपर आठमा छनोट हुने मौका गुमाउन सक्छ ।

अष्ट्रेलियाको इनिङ्स
टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर २०१ रन बनाएको थियो । कुनै पनि अष्ट्रेलियाली ब्याट्सम्यानले ४० को अंक छुन सकेनन्, तर पनि टोलीले २००ं रन बनायो । ट्राभिस हेड र डेभिड वार्नरले टोलीलाई तीव्र सुरुवात दिलाए । दुवैले पाँच ओभरमा ७० रनको साझेदारी गरे ।

हेड १८ बलमा ३४ रन बनाएर आउट भए भने डेभिड वार्नर १६ बलमा ३९ रन बनाएर आउट भए । हेडले दुई चौका र तीन छक्का प्रहार गरे भने वार्नरले दुई चौका र चार छक्का प्रहार गरे । हेडलाई जोफ्रा आर्चरले क्लिन बोल्ड गरेका थिए भने वार्नरलाई मोइन अलीले क्लिन बोल्ड गरेका थिए । यसपछि कप्तान मिचेल मार्स र ग्लेन म्याक्सवेलबीच ६५ रनको साझेदारी भयो । यो साझेदारी लियाम लिभिङस्टोनले तोडेका थिए । उनले मार्सलाई आउट गरे ।

मार्सले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३५ रनको इनिङ खेले । आदिल रासिदले म्याक्सवेललाई साल्टको हातमा क्याच आउट गराए । उनी २५ बलमा तीन चौका र एक छक्काको मद्दतले २८ रन बनाएर आउट भए । अस्ट्रेलियाको टोलीलाई १६८ रनको स्कोरमा पाँचौं झट्का लाग्यो ।

लियाम लिभिङस्टोनले टिम डेभिडलाई क्रिस जोर्डनबाट क्याच आउट गराए । उनले ११ रन बनाउन सके । स्टोइनिसले १७ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३० रनको इनिङ खेले । जोर्डनले उनलाई आउट गराए । यो टी–२० अन्तर्राष्ट्रियमा जोर्डन को १०० औं विकेट थियो । प्याट कमिन्सले खाता खोल्न सकेनन् । त्यस्तै, म्याथ्यु वेडले १० बलमा तीन चौकाको मद्दतले १७ रन बनाएर अविजित रहे ।

इंग्ल्याण्डका लागि क्रिस जोर्डनले २, मोइन अली, लियाम लिभिङस्टोन, आदिल रासिद र जोफ्रा आर्चरले १–१ विकेट लिए ।

इंग्ल्याण्डको इनिङ्स
जवाफमा इंग्ल्याण्डले उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान जोस बटलर र फिल साल्टले ४३ बलमा ७३ रनको साझेदारी गरेका थिए । यसपछि एडम जाम्पा खेलमा हाबी भए । उनले फिल साल्ट र बटलरलाई प्याभिलियन पठाए ।

साल्ट २३ बलमा चार चौका र दुई छक्काको मद्दतले ३७ रन बनाएर आउट भए । योसँगै बटलरले २८ बलमा ५ चौका र दुई छक्का प्रहार गर्दै ४२ रनको इनिङ खेले । यी दुई आउट भएपछि इंग्ल्याण्डको इनिङ्स सुस्त भयो र कुनै पनि ब्याट्सम्यानले आक्रामक प्रहार गर्न सकेनन् ।

विल ज्याक १० रन बनाएर, जोनी बेयरस्टो ७ रन बनाएर, मोइन अली २५ रन बनाएर र लियाम लिभिङस्टोन १५ रन बनाएर आउट भए । जसमा ह्यारी ब्रुकले १६ बलमा २० रन र क्रिस जोर्डनले एक रनको अविजित इनिङ्स खेले । अस्ट्रेलियाका लागि प्याट कमिन्स र जाम्पाले समान २–२ विकेट लिए । योसँगै जोस हेजलउड र मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।