२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

प्रधानमन्त्रीको भारत भ्रमण, सद्भाव कि कूटनीति ?

प्रधानमन्त्रीको भारत भ्रमण, सद्भाव कि कूटनीति ?
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आज नयाँदिल्ली जाँदैछन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आज राति नयाँ दिल्लीमै बस्ने कार्यक्रम छ । उनी भोलि फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदी एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बनेका छन् । उनले आज साँझ सवा ७ बजे सपथ लिँदैछन् । मोदीको सपथग्रहण कार्यक्रममा विदेशी पाहुनासहित ८ हजार बढीको सहभागिता रहने बताइएको छ ।

प्रधानमन्त्री दाहाल मोदीको सपथ समारोहमा सहभागी हुन भारत जाने भनिए पनि यो भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ । मोदी प्रधानमन्त्री बन्ने निश्चित नै नभई प्रधानमन्त्री दाहाल भारत जाने चर्चा चलिसकेको थियो ।

प्रधानमन्त्री दाहालले भारतसँगको सम्बन्ध मजबुद बनाउन चाहेका छन् । त्यति मात्र नभएर अब मोदी नै प्रधानमन्त्री भएपछि व्यक्तिगतसम्बन्ध पनि बलियो बनाउने चाहना दाहालको छ । मादीको गठबन्धनले बहुमत हासिल गरेलगत्तै दाहालले फोन गरेर मोदीलाई बधाई दिएका थिए ।

नेपालको राजनीतिमा भारतको प्रभाव पर्छ भन्ने भाष्यबाट प्रधानमन्त्री दाहाल मुक्त छैनन् । त्यही भएर उनी भारतीय पक्षसँग सम्बन्ध थप सुधार गर्न चाहिरहेका छन् ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आजै साँझ नयाँ दिल्लीमा भेटवार्ता हुने छ । भेटमा नेपाल र भारतबीच देखिएका विवाद समाधानका बारेमा छलफल हुने छ ।