५ फाल्गुन २०८१, सोमबार
,
Latest
संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति कीर्तिपुर “जलन अस्पताल”को पीडा सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा सभापति निर्विरोध स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय पक्राउ कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न, हिमालयन क्रिकेट एकेडेमी च्याम्पियन नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौँः मन्त्री पौडेल राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको भारत भ्रमण, सद्भाव कि कूटनीति ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आज नयाँदिल्ली जाँदैछन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आज राति नयाँ दिल्लीमै बस्ने कार्यक्रम छ । उनी भोलि फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदी एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बनेका छन् । उनले आज साँझ सवा ७ बजे सपथ लिँदैछन् । मोदीको सपथग्रहण कार्यक्रममा विदेशी पाहुनासहित ८ हजार बढीको सहभागिता रहने बताइएको छ ।

प्रधानमन्त्री दाहाल मोदीको सपथ समारोहमा सहभागी हुन भारत जाने भनिए पनि यो भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ । मोदी प्रधानमन्त्री बन्ने निश्चित नै नभई प्रधानमन्त्री दाहाल भारत जाने चर्चा चलिसकेको थियो ।

प्रधानमन्त्री दाहालले भारतसँगको सम्बन्ध मजबुद बनाउन चाहेका छन् । त्यति मात्र नभएर अब मोदी नै प्रधानमन्त्री भएपछि व्यक्तिगतसम्बन्ध पनि बलियो बनाउने चाहना दाहालको छ । मादीको गठबन्धनले बहुमत हासिल गरेलगत्तै दाहालले फोन गरेर मोदीलाई बधाई दिएका थिए ।

नेपालको राजनीतिमा भारतको प्रभाव पर्छ भन्ने भाष्यबाट प्रधानमन्त्री दाहाल मुक्त छैनन् । त्यही भएर उनी भारतीय पक्षसँग सम्बन्ध थप सुधार गर्न चाहिरहेका छन् ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आजै साँझ नयाँ दिल्लीमा भेटवार्ता हुने छ । भेटमा नेपाल र भारतबीच देखिएका विवाद समाधानका बारेमा छलफल हुने छ ।