११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनर्जी पावरको एकै साथ ३ वटा साधारणसभा सम्पन्न, ५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित



अ+ अ-

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनी आज पुस २२ गते बुधबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष ७४/७५. ७५/७६ र ७६/७७ को सभा सम्पन्न गरेको हो । 

सभाले लाभांश सहितका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ। कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको छ। कम्पनीले आईपिओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो ।

त्यस्तै सभाले उल्लेखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन  गर्ने, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे संचालक समितिलाई आख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ।

त्यस्तै कम्पनीको साधारणसभाले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ’मध्य होंगु खोला ए’ जलबिद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको थियो । सोहि प्रस्ताव साधारणसभाले पारित गरेको हो ।  

यस आयोजनामा कम्पनीले स्वपुँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता गरिसकेको जनाईएको छ । 

सभामा कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाले आगामी वर्षहरुमा लाभांश दर बढाउदै लैजाने प्रतिबद्दता व्यक्त गर्नु भएको छ। उहाँले शेयरधनीहरुलाई प्रदान गरिने लाभांश दरले निरन्तरता पाओस् भन्ने उदेश्य र शेयरधनीको माग बमोजिम नै ब्यबसाय बढाउनको लागि नयाँ आयोजनामा लगानी गर्ने निर्णय गरिएको बताउनु भयो । कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना संचालन गरिरहेको छ ।