६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा आजः २०१० मा फाइनल भिडेका इंग्ल्याण्ड र अष्ट्रेलियाबीच भिडन्त



अ+ अ-

एजेन्सी । २०१० को टी–२० विश्वकपको फाइनल । केन्सिङ्टन ओभल, बार्बाडोसको मैदान । इंग्ल्याण्ड र अष्ट्रेलिया आमनेसामने । विश्वको सबैभन्दा सानो १०.५ सेन्टिमिटरको एशेज ट्रफीका लागि ती टोलीहरूबीच सबैभन्दा ठूलो प्रतिस्पर्धा हुन्छ । यो प्रतिद्वन्द्वी १८८२ देखि चलिरहेको छ ।

इंग्ल्याण्ड पहिलो पटक विश्वकपको उपाधि जित्ने प्रतिक्षामा थियो र प्रतिद्वन्द्वी अष्ट्रेलिया बीचमा उभिएको थियो । इंग्ल्यान्डले १४८ रनको लक्ष्य पछ्याउनुपर्ने थियो र उसले त्यो गर्‍यो ।

यी कुराहरू यसकारण उल्लेख गरिएको हो किनभने आज त्यो जितको १४ वर्षपछि केन्सिङ्टन ओभलको एउटै मैदानमा इंग्ल्याण्ड र अष्ट्रेलिया फेरि आमनेसामने हुँदैछन् । त्यतिबेला इंग्ल्याण्डको नेतृत्व पाउल कलिङवुड र अस्ट्रेलियाको कप्तान माइकल क्लार्क थिए । आज टोलीको नेतृत्व जोस बटलर (इंग्ल्याण्ड) र मिचेल मार्स (अष्ट्रेलिया)ले गर्नेछन् । आज राति १०ः४५ बजे दुई टोलबीच भिडन्त हुँदैछ ।

दुई देशबीच अन्तर्राष्ट्रिय क्रिकेटमा ५ सय ४० खेल खेलिएका छन् । अस्ट्रेलियाले २५० खेल जितेको छ भने इंग्ल्याण्डले १८६ खेल जितेको छ । २ खेल टाई भए, ९७ ड्र र ५ ​​खेल निष्कर्षविहीन भए ।

क्रिकेटको छोटो फर्म्याट टी–२० मा इंग्ल्याण्ड र अष्ट्रेलिया २३ पटक आमनेसामने भएका छन् । इंग्ल्याण्डले ११ खेल जितेको छ भने कंगारु टोलीले १० खेल जितेको छ । दुई खेलको नतिजा भने आउन सकेको छैन ।

टी–२० विश्वकपमा दुवै टोली ४ पटक आमनेसामने भएका छन् । यस अवधिमा इंग्ल्याण्डले २ खेल जितेको छ भने अष्ट्रेलियाले १ खेल जितेको छ । गत विश्वकपमा भएको एउटा खेल अनिर्णित रह्यो । यी चार खेलहरूमा २०१० को फाइनल पनि समावेश छ, जुन इंग्ल्याण्डले जितेको थियो ।

यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । यस समूहबाट शीर्ष २ टोली सुपर–८ मा पुग्ने भएकाले दुवै टोली खेल जितेर आफ्नो दाबी बलियो बनाउन चाहन्छन् ।