३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बुधबार शेयर बजार १३ दशमलव शून्य ७ अंकले बढेर बन्द

बुधबार शेयर बजार १३ दशमलव शून्य ७ अंकले बढेर बन्द
अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक १३ दशमलव शून्य ७ अंकले बढेर बन्द भएको छ । यो दिन परिसूचक २ हजार १७८ दशमलव ५७ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले माथी उक्लिएर ४१८ दशमलव १४ विन्दुमा पुगेको छ । यो दिन २०५ ओटा कम्पनीको ४० हजार ३६७ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५ लाख ३५ हजार २१६ कित्ता शेयर कारोबार भएको हो । 

बुधबारको कारोबारमा व्यापारिक समूह र जलविद्युत् समूहको परिसूचक घटेको छ भने बाँकी समूहको घटेको छ । यो दिन व्यापारिक समूहको शून्य दशमलव ८९ प्रतिशत र जलविद्युत समूहको शून्य दशमलव ७६ प्रतिशत परिसूचक घटेको हो । यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ६८ प्रतिशतले बढेको छ ।

त्यस्तै, निर्जीवन बीमाको १ दशमलव १५ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य ५ प्रतिशत , बैंकिङको शून्य दशमलव ७२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५५ प्रतिशत, वित्तको शून्य दशमलव ४१ प्रतिशत, अन्यको शून्य दशमलव ३६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव १८ प्रतिशत, होटलको शून्य दशमलव शून्य ५ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ८ प्रतिशत परिसूचक बढेको हो ।

यस दिन कालिका माइक्रो क्रेडिट डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने जनउत्थान सामूदायिक लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, स्वाभिमान लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९४ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको ९ दशमलव ४९ प्रतिशतले बढेको छ ।

कालिका माइक्रो क्रेडिट डेभलपमेण्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ८८ ले बढेर अन्तिम मूल्य रू. ९६८ पुगेको हो भने जनउत्थान सामूदायिक लघुवित्तको प्रतिकित्ता रू. १९८ ले बढेर अन्तिम मूल्य रू. २ हजार १७९ पुगेको हो । त्यस्तै स्वाभिमान लघुवित्तको प्रतिकित्ता रू. १३३ ले बढेर अन्तिम मूल्य रू. १ हजार ४६८ , नारायणी डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. ५२ ले बढेर अन्तिम मूल्य रू. ५७५ र प्रभु लाइफको प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १७३ कायम भएको हो ।

प्रभु लाइफको कारोबार खुला भएको चौथो दिन सर्किट लेभलमा मूल्य बढेको हो । यो दिन जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ५ दशमलव १३ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर अन्तिम मूल्य रू. १११ कायम भएको हो । 

बुधबार सर्वाधिक रकमको कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको रू. २१ करोड ३३ लाख ८६ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ४ ले घटेर रू. २ हजार ३८४ कायम भएको छ । नेपाल लाइफको न्युनतम २ हजार ३७६ देखि अधिकतम २ हजार ५०७ सम्ममा ८९ हजार ४१३ कित्ता शेयर कारोबार भएको छ ।