२२ असार २०८३, सोमबार
,
Latest
कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दना राणा सबैभन्दा बढी मत ल्याएर राष्ट्रसंघीय समितिमा निर्वाचित



अ+ अ-

काठमाडौं । नेपालकी बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि कार्यान्वयनको अनुगमन गर्ने विज्ञहरु संलग्न समिति (सिड) को सदस्यमा पुन: निर्वाचित भएकी छन् ।

सञ्चारकर्मी तथा सामाजिक अभियन्ता राणा तेस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएकी हुन् ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार राणाले सबैभन्दा बढी मत प्राप्त गरेकी छन् । उनले १४६ मत प्राप्त पाएकी हुन् ।

राणाले सीड समिति सदस्यमा आगामी २०२५ देखि २०२८ को कार्यकालका लागि नेपालका तर्फबाट तेस्रो कार्यकालको काम गर्नेछिन् । राणा ३ वर्षअघि न्यूयोर्कमा भएको निार्वचनमा १३७ मुलुकको मत पाएर सीडको सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् । उनी सन् २०२१ देखि २०२४ को कार्यकालका निर्वाचित हुँदा १९ उम्मेदवारमध्ये सर्वाधिक मत पाउने तेस्रो बनेकी थिइन् ।

उक्त कमिटीमा काम गर्ने राणा पहिलो नेपाली हुन् ।