२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ सकारात्मक

गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने
अ अ+ अ-

कठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका पाण्डेले बजेट ल्याउनुअघि नै विश्वासको मत लिन लागेका हुन् ।

अल्पमतको सरकार गठन गरेर अगाडि बढेका पाण्डेलाई राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले समर्थन गर्ने संकेत पाएपछि विश्वासको मत लिने हिम्मत गरेका हुन् ।

यता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र नै लेखेर गण्डकीमा आफ्नो दलका मुख्यमन्त्रीलाई समर्थन गर्न आग्रह गरेपछि राप्रपाले आफू निर्णायक हुने अवस्थामा विश्वासको मत दिने संकेत गरेको छ । मुख्यमन्त्री पाण्डेले जेठ २८ मा विश्वासको मत लिन संसद् आह्वानका लागि सभामुखलाई पत्र पठाइसकेका छन् ।

प्रदेशसभा सचिवालयले जेठ २८ गते ३ बजेका लागि संसद् बैठक बोलाएको जनाएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार जेठ १६ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले असार १५ सम्म विश्वासको मत लिइसक्नु पर्ने छ । उनी संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

राप्रपा र दीपक मनाङले समर्थन गर्दा पनि मुख्यमन्त्रीई विश्वासको मत प्राप्त गर्न अर्को एक जना सांसदको आवश्यकता पर्छ । किनकी कांग्रेसका प्रदेशसभामा जम्मा २७ सांसद मात्र छन् । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ३१ सदस्य आवश्यक पर्छ ।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७ सांसद छन् । संसदमा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउन राप्रपाको २, गुरुङ र थप १ सांसद आवश्यक पर्छ ।

यसअघि समीकरण बदलिएपछि अल्पमतमा परेका पाण्डेले राजीनामा दिएपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गर्दै आफूसँग बहुमत रहेको पत्र प्रदेश प्रमुख डिल्लीराज भट्टलाई बुझाएर मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्तिविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको थियो । सर्वोच्च अदालतले सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको बहालीलाई अवैधानिक ठहर गर्दै जेठ १५ मा त्यसअघिकै मुख्यमन्त्री पाण्डेलाई निरन्तरता दिन परामादेश गरेको थियो ।