१० असार २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासंघको चुनाव अनिश्चितकालसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ ।

यही शनिबारका लागि तोकिएको २७औं महाधिवेशनको निर्वाचनमा मतदान नहुने अध्यक्ष विपुल पोखरेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष पोखरेलले बताएका छन् ।

निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि पनि पोखरेलले आग्रह गरेका छन् ।

मतदाता नामावलीका विषयमा विवाद भएपछि विभिन्न पत्रकार संघ संस्थाले महासंघमा तालाबन्दी पनि गरेका थिए ।