२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण तथा साइकल र्‍याली

विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण तथा साइकल र्‍याली
अ अ+ अ-

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको आयोजनामा “वातावरण जोगाऔ, स्वस्थ्य भएर जिऔ” भन्ने नाराका साथ विश्व वातावरण दिवस – २०८१ को अबसरमा साइकल र्याली सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाडौ पिस आइडियलको मुख्य सहकार्य रहेको उक्त कार्यक्रम बुधबार बिहान कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौरबाट शुरु भई नक्शाल, भगवती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुँदै पुन: नारायणचौरमा पुगी टुगिंएको थियो ।

वातावरण दिवसको अवसरमा नेपालको इतिहासमा पहिलोपटक निर्जीवन बीमाको तर्फबाट आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडका कर्मचारीहरुले नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्षउल्लासका साकइकल र्‍यालिमा सहभागि भएका थिए ।

निर्जीवन बीमाको क्षेत्रमा आइजीआई पु््रडेन्सियल सबैभन्दा ठूलो बीमा कम्पनी हो । कम्पनीले सम्पत्ती, समूद्रिक मोटर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छि, स्वस्थ्य, लघु लगायत थुप्रै विविध बीमाहरु मार्फत देशको सातवटै प्रदेशहरुमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय बीमालेख जारी तथा दावी भुक्तानीलाई सहज र सरल बनाउंदै कम्पनीले अनलाईन बीमा सेवा समेत शुरु गर्दै आएको छ ।

पछिल्लो अवस्थामा बढ्दो सहरीकरण र इन्धनयुक्त साधनले वातावरणमा ठूलो असर परिरहेको छ । जसका कारण मानव जीवनमा ठूलो असर परिरहेको देखिन्छ । यस्ता किसीमका वातावरण मैत्रीय कामक्रमले वातावरण संरक्षणमा थप उर्जा मिल्ने लायन्स क्लब अफ काठमाडौंका सचिब सुबिन चालिसेले बताउनुभयो ।

यसैगरी लायन्स क्लब अफ काठमाडौँ पिस आइडलले केहि समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । विश्व वातावरण दिवसको अवसर पारेर साइकल र्यालीले युवा वर्गमा वातावरण संरक्षणसहित स्वास्थ्य का विषयमा अझ संवेदनशील बनाउने धारणा रहेको लायन्स क्लबका अध्यक्ष शिव श्रेष्ठले बताउनुभएको छ ।

कार्यक्रमको समापन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वातावरण जोगाऊ, साईकलको प्रयोग गरौ, स्वस्थ्य भएर जीवन जिऔँ भन्ने भावका साथ लाईन्स क्लब अफ काठमाण्डौं पिस आइडियलका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गर्नुभयो ।