• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण तथा साइकल र्‍याली



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको आयोजनामा “वातावरण जोगाऔ, स्वस्थ्य भएर जिऔ” भन्ने नाराका साथ विश्व वातावरण दिवस – २०८१ को अबसरमा साइकल र्याली सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाडौ पिस आइडियलको मुख्य सहकार्य रहेको उक्त कार्यक्रम बुधबार बिहान कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौरबाट शुरु भई नक्शाल, भगवती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुँदै पुन: नारायणचौरमा पुगी टुगिंएको थियो ।

वातावरण दिवसको अवसरमा नेपालको इतिहासमा पहिलोपटक निर्जीवन बीमाको तर्फबाट आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडका कर्मचारीहरुले नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्षउल्लासका साकइकल र्‍यालिमा सहभागि भएका थिए ।

निर्जीवन बीमाको क्षेत्रमा आइजीआई पु््रडेन्सियल सबैभन्दा ठूलो बीमा कम्पनी हो । कम्पनीले सम्पत्ती, समूद्रिक मोटर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छि, स्वस्थ्य, लघु लगायत थुप्रै विविध बीमाहरु मार्फत देशको सातवटै प्रदेशहरुमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय बीमालेख जारी तथा दावी भुक्तानीलाई सहज र सरल बनाउंदै कम्पनीले अनलाईन बीमा सेवा समेत शुरु गर्दै आएको छ ।

पछिल्लो अवस्थामा बढ्दो सहरीकरण र इन्धनयुक्त साधनले वातावरणमा ठूलो असर परिरहेको छ । जसका कारण मानव जीवनमा ठूलो असर परिरहेको देखिन्छ । यस्ता किसीमका वातावरण मैत्रीय कामक्रमले वातावरण संरक्षणमा थप उर्जा मिल्ने लायन्स क्लब अफ काठमाडौंका सचिब सुबिन चालिसेले बताउनुभयो ।

यसैगरी लायन्स क्लब अफ काठमाडौँ पिस आइडलले केहि समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । विश्व वातावरण दिवसको अवसर पारेर साइकल र्यालीले युवा वर्गमा वातावरण संरक्षणसहित स्वास्थ्य का विषयमा अझ संवेदनशील बनाउने धारणा रहेको लायन्स क्लबका अध्यक्ष शिव श्रेष्ठले बताउनुभएको छ ।

कार्यक्रमको समापन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वातावरण जोगाऊ, साईकलको प्रयोग गरौ, स्वस्थ्य भएर जीवन जिऔँ भन्ने भावका साथ लाईन्स क्लब अफ काठमाण्डौं पिस आइडियलका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गर्नुभयो ।