३ श्रावण २०८२, शनिबार
,
Latest
पूर्वराष्ट्रपति विद्याको बाटोमा पोलिटब्यूरो बैठकले लगाएको ब्रेक ! आजदेखि दिदीबहिनी अर्गानिक स्टोर सञ्चालनमा ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र आई. एम. ई. लाइफलाई “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“ एमालेको निष्कर्षः भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन ‘समाजमा सकारात्मक चेतना जगाउने कवि तथा साहित्यकार राष्ट्रका मेरुदण्ड हुन्’ सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’ हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति विविध विधाका कृतिलाई अनेसास पुरस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त



अ+ अ-

काठमाडौं । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई औपचारिक रूपमा आज साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त मोदीले आइतबार साँझ ऐतिहासिक तेस्रो कार्यकालका लागि सपथ लिने छन् । लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री पद पक्का गरिसकेपछि आज मोदीले संसद्को सेन्ट्रल हलबाहिर सम्बोधन गर्र्दै आफ्ना लागि भावुक बल भएको बताए । उनले गठबन्धनका दलहरुलाई विश्वासमा लिन केन्द्रित हुने गरी सम्बोधन गरेका थिए ।

उनले सम्बोधनमा पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयी, शिवसेना संस्थापक बाला साहेब ठाकरे, शिरोमणि अकाली दलका प्रकाश सिंह बादलसमेत सहयोगी दलका दिवंगत नेतालाई पनि सम्झिँदै उनीहरूले एनडीएलाई मूर्त रुप दिएको बताए ।

मोदीले सरकार गठनअघि नै सबैलाई साथमा लिएर हिँड्ने बचन दिए । उनले सरकार चलाउन बहुमत चाहिने बताउँदै तर देश चलाउन सर्वसम्मत जरूरी रहेको ब्याख्या गरेका थिए ।

यो गठबन्धनले ३० वर्षमा पाँच–पाँच वर्षका तीन अवधि सफलतापूर्वक पूरा गरेको भन्दै उनले अटल बिहारी वाजपेयीको सरकारको सम्झना गरेका थिए ।

सम्बोधनका क्रममा मोदीले सर्वधर्म सम्भावको कुरा निकाले । भने ‘हामी सर्वधर्म सद्भावप्रति समर्पित छौँ ।’

संसदीय दलको नेता चयनपछि मोदीले सम्बोधन गरेका हुन् । उनी प्रधानमन्त्रीमासमेत नियुक्त भइसकेका छन् । तर गठबन्धन दलमा राजनीतिक भागबन्डा भने मिल्न सकेको छैन । मन्त्रालयहरुको समेत टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।