२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’

‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’
अ अ+ अ-

काठमाडौं । तनहुँको ब्यास नगरपालिकाको दुई वर्षअघि भएको निर्वाचनको पुन: मतगणना गर्न उच्च अदालतले दिएको आदेश रोक्न माग गर्दै मेयर बैकुण्ठ न्यौपाने सर्वोच्चमा अदालतमा पुगेपछि मेयरका प्रत्यासी दीपकराज जोशीले आपत्ति जनाएका छन् ।

दीपकराज जोशीले हिजो एक व्यक्ति जारी गर्दै मेयर न्यौपानेले कपोलकल्पित आरोपलगाएको र समाजमा भ्रम सिर्जना खोजेको आरोप लगाएका छन् । उनले पुन: मतगणना गर्न उच्च अदालतले दिएको आदेशको सम्मान नगरी पुन: मतगणना गर्नु हुँदैन भनेर सर्वोच्चमा निवेदन दिनु नै धाँधली भएको कुरालाई पुष्टि गर्ने दाबीसमेत गरेका छन् ।

जोशीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘पूर्ण मतगणना भएपछि हार्ने निश्चित भएपछि आत्तिएर झुट र भ्रमको खेती गर्ने हरु बाट सतर्क रहनु होला । मतगणना हुँदा मेरो फ्रन्टलाइन अस्पतालमा उपचार हुँदै थियो । त्यसैले मतगणनामा हार्ने स्थिति देखिए पछि अन्त्यमा म मतगणना स्थलबाट बाहिर निस्केको भन्ने अभिव्यक्ति सरासर गलत हो। कपोलकल्पित र भ्रामक हो ।’

विज्ञप्तिमा जोशीले अगाडि भनेका छन्– ‘यदि निष्पक्ष मतगणना भएको भए पुन: मतगणना गर्दा पहिला आएको जति नै भोट आउँछ । त्यसकारण पुन: मत गणना गर्न डराउनुपर्ने कुनै कारण देखिँदैन। यसबाट पनि प्रष्ट हुन्छ, पहिलोचोटि मतगणना गर्दा धाँधली भएको छ । उच्च अदालतले नै निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जोड्दा जम्मा मतसँग नमिलेको फैसलामा उल्लेख छ । मतगणना नमिलेको प्रष्ट देखिए पछि पुन मतगणना गर्नुपर्ने भनेर मुद्दा फैसला गरिसकेपछि पनि विपक्षीहरूले पुन मतगणना गर्नु हुँदैन भनेर सर्वोच्चमा स्टे अर्डरको लागि निवेदन दिनु भनेको धाँधली भएको कुरालाई प्रष्ट पार्नु हो ।’
उनले ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई आधारविनाका कपोकल्पित कुरा नगर्न र समाजलाई भ्रममा समेत नपार्न आग्रह गरेका छन् ।

न्यौपानेले पुन: मतगणना रोक्न माग गर्दै दायर रिटको सुनुवाइ आइतबारका लागि तोकिएको छ । उनले उच्च अदालतले आफूलाई अन्याय गरेको भन्दै न्यायको माग गरेका छन् । कांग्रेसबाट निर्वाचित भएका न्यौपानेविरुद्ध उनीसँगै प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार दिपक जोशीले पुन: मतगणना गर्न माग गरेर उच्च अदालतमा रिट हालेका थिए ।

गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकाको पुन:मतगणना गर्न आदेश दिएको थियो । निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ ।

असार २ गते बिहान १० बजेदेखि पुन: मतगणना गर्न भन्दै अदालतले नै मिति तोकिदिएको थियो ।