३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान भर्सेस अमेरिकाः नाम अमेरिका, जिताउने ‘भारतीय’



अ+ अ-

काठमाडौँ । अमेरिकाले टी–२० विश्वकप २०२४ को पहिलो ठूलो उथलपुथल निम्त्याएको छ । उसले समूह ए को खेलमा २००९ को च्याम्पियन पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो । यो खेल टेक्सासको डलासस्थित ग्रान्ड प्राइरी स्टेडियममा भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा सात विकेट गुमाएर १५९ रन बनाएको थियो । कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाएका थिए । जवाफमा अमेरिकाको टोलीले पनि २० ओभरमा तीन विकेट गुमाएर १५९ रन बनाउन सक्यो । कप्तान मोनांक पटेलले सर्वाधिक ५० रन बनाए । यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ६ बलमा १३ रन मात्र बनाउन सक्यो ।

अमेरिकाको जितमा कप्तान मोनाङ्क पटेल र सौरभ नेत्रावलकरको महत्वपूर्ण योगदान थियो । अमेरिकाको चेजमा मोनाङ्कले ५० रनको इनिङ खेले । सोही क्रममा सौरभले सुपर ओभरमा उत्कृष्ट बलिङ गर्दै १९ रन बन्न दिएनन् । बायाँ हाते मध्यम गतिका बलर सौरभको जन्म सन् १९९१ मा मुम्बईमा भएको थियो ।

उनले २००८–२००९ कुचबिहार ट्रफीमा छ खेलमा ३० विकेट लिएका थिए । यसपछि उनी २०१० अन्डर–१९ विश्वकपका लागि भारतीय टोलीमा छनोट भए । विश्वकपअघि दक्षिण अफ्रिकामा भएको त्रिकोणीय शृङ्खलामा उनी सर्वाधिक विकेट लिने खेलाडी थिए ।

यसपछि, सौरभ न्यूजिल्याण्डमा भएको २०१० अन्डर–१९ विश्वकपमा केएल राहुल, जयदेव उनाडकट र मयंक अग्रवालसँग टीम इन्डियाको हिस्सा थिए । बाँकी तीन खेलाडीले सिनियर टीम इन्डियामा स्थान बनाए, तर सौरभ बाहिरिए ।

त्यसपछि उनले रणजी ट्रफी र विजय हजारे ट्रफी सहित अन्य भारतीय घरेलु प्रतियोगिताहरू पनि खेले । तर, केही राम्रो खोज्न उनी अमेरिका गए र त्यसयता अमेरिकाको प्रतिनिधित्व गर्दै आएका छन् । उनी अमेरिकी टोलीको कप्तान पनि भइसकेका छन् ।

यस्तै, मोनाङ्कको जन्म सन् १९९३ मा गुजरातको आनन्दमा भएको थियो । यी विकेटकिपर ब्याट्सम्यानले २०१८ मा अमेरिकाबाट खेल्न थालेका थिए र त्यसबेलादेखि नै त्यही टोलीबाट खेल्दै आएका छन् । उनले अन्डर–१६ र अन्डर–१८ क्रिकेटमा गुजरातको प्रतिनिधित्व गरेका छन् । मोनाङ्कले २०१० मा ग्रीन कार्ड पाए र २०१६ मा स्थायी रूपमा अमेरिका गएका थिए । उनी सन् २०१८ देखि अमेरिकाका लागि खेल्दै आएका छन् । सौरभ र मोनांकका अलावा हरमित सिंह पनि यो टोलीमा छन् । २०१२ मा, हरमितले उन्मुक्त चन्दको कप्तानीमा भारतका लागि अन्डर–१९ विश्वकप खेले र भारतलाई उपाधि जिताउन मद्दत गरे ।

२०२४ को टी–२० विश्वकपमा पाकिस्तानको यो पहिलो खेल थियो र त्यसैमा उसले आफूभन्दा निकै कमजोर रहेको अमेरिकासँग हार बेहोरेको छ ।

यो जितसँगै अमेरिकी टोली दुई जित र चार अंकसहित समूह ए को शीर्ष स्थानमा पुगेको छ । योसँगै भारत एक खेलपछि दुई अंक जोडेर दोस्रो स्थानमा छ ।

पाकिस्तानको अर्को खेल जुन ९ मा भारतसँग हुनेछ । यस्तै, अमेरिकाको टोलीले अब जुन १२ मा भारतको सामना गर्नेछ ।