३ श्रावण २०८२, शनिबार
,
Latest
एमालेको निष्कर्षः भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति विविध विधाका कृतिलाई अनेसास पुरस्कार फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने ‘खानेपानीसम्बन्धी समस्या समाधान गर्दै नागरिकको जीवनस्तर सुधार्न केन्द्रित छौँ’ सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा शेरबहादुर तामाङको दाबीः बैठकमा कुनै नेताहरुबीच भनाभन भएको छैन नहरमा डुबेर एक जनाको मृत्यु एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा सतिश सिंह मुख्यमन्त्री बन्दै, सपथ आजै



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिसकुमार सिंह बन्ने लगभग निश्चित भएको छ । गठबन्धन दलले सिंहलाई मृुख्यमन्त्री बनाउने निर्णय गरेका छन् ।

संसदीय दलका नेता महेशकुमार यादवलाई अवसर नदिई जनमतले अर्थसमितिका सभापतिसमेत रहेका सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो । जनमतको यो निर्णयप्रति केही नेता भने असन्तुष्ट छन् ।

जनमत पार्टीको बिहीबार बसेको बैठकले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । साधरणत: संसदीय दलको नेतालाई मुख्यमन्त्री या सरकारको नेतृत्वमा लैजाने चलन छ । तर जनमतले संसदीय दलको नेता यादवलाई रोकेर सांसद सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

संघीय सत्ता गठबन्धनको सहमति अनुसार मधेसमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलसमेत ५६ जनाको समर्थन सिंहलाई हुने छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार बनाउन आज १० बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेकी छन् ।
सिंह र यादव दुवैजना सप्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । सिंह २०७९ को निर्वाचनमा सप्तरी २ (१) बाट विजयी भएका थिए । उता यादव सप्तरी २ (२) बाट विजयी भएका थिए ।

यादवलाई जनमतले २०७९ पुस १६ गते संसदीय दलको नेता बनाएको थियो । जनमतका अध्यक्ष डा. सीके राउत पनि सप्तरी २ बाट उपेन्द्र यादवलाई हराउँदै प्रतिनिधि सभाको सदस्य छन् ।

केन्द्रको सत्ता गठबन्धनबीच भागबन्डा मिलेपछि सिंहलाई आज मुख्यमन्त्रीको शपथ ग्रहण गराउन लागिएको हो । त्यसअघि गठबन्धन दलबीच बहुमत जुटाएर उनले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्नेछन् ।

जनमतका अध्यक्ष डा. सीके राउत भने हाल अमेरिका भ्रमणमा छन् । उनी भोलि नेपाल फर्किने कार्यक्रम छ । मधेस सरकारको नेतृत्व आफ्नो भागमा मिलाएर उनी अमेरिका उडेका थिए ।