२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

गठबन्धनमा खटपट : बजेटमा असन्तुष्ट एमाले मन्त्री फेर्नसमेत असहमत !

गठबन्धनमा खटपट : बजेटमा असन्तुष्ट एमाले मन्त्री फेर्नसमेत असहमत !
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नयाँ सत्ता समीकरण बनेको चार महिना नबित्दै गठबन्धन दल नेकपा एमाले र माओवादी केन्द्रबीच दुरी बढेको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्न चाहे पनि एमालेले आफ्ना मन्त्री फेर्न चाहेको छैन ।

प्रधानमन्त्री दाहालले नेकपा एमाले र माओवादी केन्द्रबाट मन्त्री बनेका एक एक जनालाई फिर्ता बोलाउने र ती ठाउँमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । तर एमालेले आफ्ना मन्त्री फिर्ता गर्न अनिच्छा देखाएको छ ।

एमालेले आफ्ना मन्त्री बनेको भर्खर तीन महिना पुगेकाले फिर्ता गर्दा नकारात्मक असर पर्ने भन्दै आनाकानी गरेको हो । एमाले नागरिक उन्मुक्ति र जनमत पार्टीका नेतालाई सरकारमा सहभागी गराउन भने तयारी छ । तर कसरी उनीहरुलाई समेट्ने स्पष्ट पार्न सकिएको छैन । किनकी संघको मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्री दाहालले जेठ २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । बैठकमा प्रधानमन्त्री दाहालले एमाले र माओवादीबाट एक/एक जना मन्त्री फिर्ता बोलाउने प्रस्ताव राखे पनि ओली सहमत नभएको एक नेताले बताए । यद्यपि नाउपा र जपालाई सरकारमा कसरी समेट्ने भन्ने विषयमा गठबन्धन दलहरूबीच छलफल जारी रहेको छ ।

त्यसो त माओवादीबाट सरकारमा सहभागी भएका पुराना मन्त्रीहरूलाई फिर्ता बोलाउने कि नबोलाउने विषयमा पनि निर्णय भएको छैन । पुराना मन्त्री फिर्ता गर्दा नारायणकाजी श्रेष्ठ पनि फिर्ता हुने छन् । तर उनलाई फिर्ता गर्दा पार्टीभित्र ध्रुवीकरण बढ्ने जोखिम प्रधानमन्त्री दाहालले देखेका छन् । उनीबाहेक अरुलाई फिर्ता गर्दा पनि असन्तुष्टि बढ्ने सम्भावना छ । यसले गर्दा प्रधानमन्त्री दाहाल आफ्नो दलका मन्त्री बनेकाहरुलाई के गर्ने भन्ने अन्योलमा छन् ।

अहिले एमाले, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र जसपा मिलेर बनेको पछिल्लो समीकरणमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी थपिएका छन् । यी दुई दललाई समेटेर प्रधानमन्त्री दाहाल सरकारलाई थप बलियो बनाउने तयारीमा छन् । जेठ १८ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारमा जानेबारे चासो व्यक्त गरेकी थिइन् । उनको चासोलाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा सहयात्री दलहरूसँग छलफल गरेर एक मन्त्रालय दिने आश्वासन दिएका थिए ।

सरकारमा श्रेष्ठ आफैँ जाने तयारीमा छिन् । तर कुन मन्त्रालय दिने भन्नेमा प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेका छन् । नागरिक उन्मुक्ति र जनमतमध्ये एक दललाई माओवादीबाट एक मन्त्री फिर्ता बोलाएर व्यवस्थापन गरे पनि एमाले सहमत नभएको खण्डमा अर्कोलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या देखिएको छ ।

सरकारमा एमालेबाट एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री सहभागी छन् । माओवादीबाट प्रधानमन्त्री, एक उपप्रधानमन्त्री ५ जना मन्त्री छन् । रास्वपाबाट एक उपप्रधानमन्त्रीसहित ४, जसपाबाट दुईमन्त्री र एक राज्यमन्त्री सहभागी छन् । एकीकृत समाजवादीबाट दुई जना मन्त्री छन् ।

त्यसो त यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका थिए । उनले बजेट माओवादी केन्द्रको जस्तो मात्र भएको टिप्पणी गरेका थिए । यसले एमाले र माओवादीबीच एकपछि अर्को असन्तुष्टि बढेको देखिन्छ । तर यो असन्तुष्टिले तत्काल सरकारलाई कुनै फरक भने पर्ने छैन ।