२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः पाकिस्तान पहिलो पटक आईसीसीको पूर्ण सदस्य नभएको टोलीसँग पराजित



अ+ अ-

काठमाडौँ । अमेरिकाले टी–२० विश्वकप २०२४ को पहिलो ठूलो उथलपुथल निम्त्याएको छ । उसले समूह ए को खेलमा २००९ को च्याम्पियन पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो । यो खेल टेक्सासको डलासस्थित ग्रान्ड प्राइरी स्टेडियममा भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा सात विकेट गुमाएर १५९ रन बनाएको थियो । कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाएका थिए । जवाफमा अमेरिकाको टोलीले पनि २० ओभरमा तीन विकेट गुमाएर १५९ रन बनाउन सक्यो । कप्तान मोनांक पटेलले सर्वाधिक ५० रन बनाए । यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ६ बलमा १३ रन मात्र बनाउन सक्यो । मोनाङ्क खेलको प्लेयर अफ दि म्याच घोषित भए । २०२४ को टी–२० विश्वकपमा पाकिस्तानको यो पहिलो खेल थियो र त्यसैमा उसले आफूभन्दा निकै कमजोर रहेको अमेरिकासँग हार बेहोरेको छ ।

यो जितसँगै अमेरिकी टोली दुई जित र चार अंकसहित समूह ए को शीर्ष स्थानमा पुगेको छ । योसँगै भारत एक खेलपछि दुई अंक जोडेर दोस्रो स्थानमा छ ।

पाकिस्तानको अर्को खेल जुन ९ मा भारतसँग हुनेछ । यस्तै, अमेरिकाको टोलीले अब जुन १२ मा भारतको सामना गर्नेछ ।

टी–२० विश्वकपमा अहिलेसम्म पाँच खेल बराबरीमा सकिएको छ । जसमध्ये पाकिस्तानी टोलीका दुई खेल बराबरीमा परेका छन् । अमेरिकाअघि सन् २००७ को टी–२० विश्वकपमा भारतसँग पाकिस्तानको खेल टाई भएको थियो । तर, त्यसबेला सुपर ओभरको सट्टा बल आउट भएको थियो ।

बलिङ गर्दा धेरै पटक विकेट प्रहार गर्ने टोली विजयी भयो । जसमा भारतले पाकिस्तानलाई बलआउटमा पराजित गरेको थियो । अब पाकिस्तान सुपर ओभरमा पनि अमेरिकासँग पराजित भएको छ ।

यी दुई खेलबाहेक, २०१२ को टी –२० विश्वकपको खेल श्रीलंका(न्यूजिल्याण्ड (पल्लेकल) बिचको, २०१२ को टी–२० विश्वकपको खेल न्यूजिल्याण्ड–वेस्ट इन्डिज (पल्लेकल) र २०२४ को टी–२० विश्वकपको खेल नामिबिया–ओमान (ब्रिजटाउन) बीचको खेल टाई भएको थियो ।। सन् २०१२ पछिको यो पहिलो संस्करण हो जसमा दुई खेल बराबरीमा परेका छन् ।

सन् २०१२ मा श्रीलंका र न्युजिल्यान्डबीच भएको सुपरओभरमा श्रीलंकाको टोली विजयी भएको थियो । यससँगै सन् २०१२ मा न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच खेलेको सुपरओभरमा न्युजिल्यान्ड टोलीले जित हासिल गरेको थियो । यस विश्वकपमा नामिबिया र ओमानबीचको सुपर ओभरमा नामिबियाको टोलीले जित हासिल गरेको थियो ।

पाकिस्तानले टी–२० मा हालसम्म चार खेल टाई खेलेको छ । जसमध्ये उसले तीन पटक हार बेहोरेको छ । पाकिस्तानी टोली दुई पटक सुपर ओभर र एक पटक बल आउटमा पराजित भएको छ । योसँगै अमेरिकी टोलीले टि–२० मा अहिलेसम्म दुई सुपर ओभर खेलेको छ र दुवै पटक जितेको छ ।

टी–२० अन्तर्राष्ट्रियमा अमेरिकासँग पराजित हुने बंगलादेशपछि पाकिस्तान दोस्रो आईसीसी पूर्ण सदस्य टोली हो । यससँगै पाकिस्तानी टोली टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक गैर–पूर्ण सदस्य टोलीसँग पराजित भएको छ । अमेरिकी टोलीको यो जितले आफ्नो देशको क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ । यसले टोलीलाई धेरै आत्मविश्वास दिएको छ । मोनाङ्क पटेलको नेतृत्वमा रहेको अमेरिकी टोलीले बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी टोलीलाई हराउँदै टी–२० विश्वकपमा अहिलेसम्मकै ठूलो उथलपुथल बनाएको छ ।