१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार पहिलो घण्टामा नेप्से परिसूचक ११ दशमलव ७५ अंकले बढ्यो



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ११ दशमलव ७५ अंकले बढेर २ हजार १९० दशमलव ३२ विन्दुमा पुगेको छ । यस अवधिसम्म २ हजार १८१ दशमलव २७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८२ प्रतिशतले बढेको हो ।  

यस अवधिसम्म प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३७५ मा कारोबार भइरहेको छ ।

पहिलो घण्टाको अवधिमा १९२ ओटा कम्पनीको १० हजार २८४ पटकको कारोबारमा २१ लाख ६९ हजार ५७९ कित्ता शेयरको रू. १ अर्ब १४ करोड ७ लाख ९४ हजार बराबरको खरीदविक्री भएको छ । कारोबारको पहिलो घण्टामा नारायणी विकास बैंकको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ६३२ कायम भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १५ र शून्य दशमलव शून्य ५ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।