२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने !



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाले भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि लिन लाग्नुभएको सपथ ग्रहण समारोहमा सहभागी हुन भारत जाने भएका छन् ।

भारतमा मोदीले शनिबार सपथ लिने तयारी गरेका छन् । मोदीले शनिबार विशेष समारोहकाबीच राष्ट्रपतिसमक्ष सपथ लिने छन । त्यही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल शनिबार बिहान नयाँ दिल्ली जाने भएका हुन् ।

प्रधानमन्त्री दाहाल, भुटानी राजा, श्रीलंकाका रास्ट्रपति, बंगलादेश तथा मौरिससका प्रधानमन्त्रीहरु पनि सपथ ग्रहण समारोहमा सहभागी हुने बताइएको छ ।

सन् २०१४ मा बीजेपीबाट एकल बहुमत आएको सरकार बनाएर सपथ गरेका मोदीले विदेशी सरकार तथा रास्ट्रप्रमुख बोलाएका थिए । त्यो बेला उनले सार्क देशलाई निम्तो दिएका थिए ।

त्यही बेलाबाट भारतको छिमेक पहिलो अर्थात् ‘नेबरहुड फस्र्ट’ विदेश नीति चर्चा गरिएको थियो । दशकपछि यो पटक शपथ ग्रहण समारोहमा भने मोदीले अफगानिस्तान तथा पाकिस्तानबाहेकका सार्क देशलाई मात्र बोलाएका छन् ।

चुनावमा भारतीय जनता पार्टीले आफ्नै बलमा बहुमत ल्याउन नसके पनि पार्टी नेतृत्वको गठबन्नले २ सय ९३ सिट जितेको छ । सरकार बनाउन तल्लो सदनमा बहुमतका लागि २ सय ७२ जना चाहिन्छ ।

भाजपा नेतृत्वको एनडीए गठबन्धनले मोदीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।