१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १५.९१ अंकले बढेर हरियाली छायो



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार नेप्से परिसूचक १५.९१ अंकले बढेर २ हजार १९४.४८ विन्दुमा पुगेको छ । बिहिबार रू. ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार बराबरको  कारोबार भएको छ।

बिहिबारको कारोबारले सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव शून्य ८ अंक बढेर ४२१ दशमलव २२ विन्दुमा पुगेको छ । यस दिन २०८ ओटा कम्पनीको ५० हजार ९३३ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर कारोबार भएको हो । यो दिन अन्य समूहको परिसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ ।

व्यापारिक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ७९ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको २ दशमलव शून्य ६ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ४६ प्रतिशत, लघुवित्तको १ दशमलव ३७ प्रतिशत, वित्तको १ दशमलव १६ प्रतिशत, बैंकिङको शून्य दशमलव ७९ प्रतिशत, जलविद्युतको शून्य दशमलव ६४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४५ प्रतिशत, होटलको शून्य दशमलव ३१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २८ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ११ प्रतिशतले परिसूचक बढेको हो ।

बिहिबार मल्टिपर्पस फिनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्स र आइएमई जनरल इन्स्योरेन्सको ९ दशमलव ९२ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९१ र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ८३ प्रतिशतले बढेको छ । मल्टिपर्पस फिनान्स कम्पनीको शेयरमूल्य यो दिन प्रतिकित्ता रू. १५ ले बढेर रू. १६५ पुगेको छ भने मिर्मिरे लघुवित्तको प्रतिकित्ता रू. ११२ ले बढेर अन्तिम मूल्य रू. १ हजार २४१ पुगेको छ । 

त्यस्तै आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू. ६१ ले बढेर अन्तिम मूल्य रू. ६७६, नारायणी डेभलपमेण्टको प्रतिकित्ता रू. ५७ ले बढेर अन्तिम मूल्य रू. ६३२ र प्रभु लाइफको प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. १९० कायम भएको हो । यो दिन एभरेष्ट बैंकको अग्राधिकार शेयर र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य ३ दशमलव ८१ प्रतिशतले घटेर अन्तिम मूल्य रू. ७०६ र खानीखोला हाइड्रोको ३ दशमलव ५७ प्रतिशतले घटेर अन्तिम मूल्य रू. १०८ कायम भएको हो ।

यस दिनको कारोबारमा सर्वाधिक रकमको हिस्सा प्रभु बैंकले ओगटेको छ । उक्त कम्पनीको बिहिबार रू. ३१ करोड ७१ लाख ३६ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. ३८७ पुगेको छ ।