२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना



अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना भएको टी–२० विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । त्यसअघि सन्दीपले नेपाली टोलीलाई शुभकामना दिएका हुन् ।

भिसा प्रक्रियाका कारण अमेरिका जान नपाएका सन्दीपले सामाजिक सञ्जालमार्फत भनेका छन् – ‘साथीहरुलाई यो अद्भुत क्षणलाई मेरो शुभकामना । आगामी रोमाञ्चक यात्राको लागि सम्पूर्ण टिमलाई मेरो शुभकामना । आफ्नो उत्कृष्ट दिनुहोस् र विश्वभरका सबै नेपालीहरूलाई गर्व गर्नुहोस् । जय नेपाल ।’

अमेरिकाबाट भिसा पाउन नसकेपछि सन्दीपले विश्वकप गुमाएका थिए । नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल राति ९ः१५ बजे सुरु हुनेछ ।