२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद मन्त्रालयको अनुरोधः सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट देखाउनु



अ+ अ-

काठमाडौँ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्दैछ । देश तथा विदेशमा यसको रौनक छ । विभिन्न स्थानहरुमा आज राति नेपालले खेल्ने खेलहरु ‘स्क्रिनिङ’ गरिँदैछ ।

यसैबीच, युवा तथा खेलकुद मन्त्रालयले सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट देखाउन पत्राचार गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टि–२० विश्वकप क्रिकेट खेल सार्वजनिक स्थलमा देखाउन सहजीकरण गर्न खेलकुद मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको हो ।

मन्त्रालयले पत्र काट्दै सबै स्थानीय तहलाई स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आईसीसी टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण गर्न पत्राचार गरेको छ ।

‘प्रस्तुत विषयमा संयुक्त राज्य अमेरिका र वेष्ट इन्डिजमा मिति २०८१ जेष्ठ २० देखि असार १५ सम्म संचालन हुने आइसीसी टि २० विश्वकप प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीहरुको समेत सहभागीता रहेको हुँदा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको अवधिभर सबै स्थानीय तहहरुले सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आइसीसी टि २० विश्वकप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरी नेपाली खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजिकरणको लागि मिति २०८१।२।२० को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।’, पत्रमा भनिएको छ ।

नेपालले आज राति नेपाली समयानुसार सवा ९ बजे नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ ।