२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पुनले आज राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने



file photo
अ+ अ-

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको आज जवाफ दिने भएका छन् । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।

बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य सूर्यमान गुरुङ र प्रतिनिधि सभाका पूर्व सदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।