१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षित गर्न तैनाथ हुने बताउनुभएको छ । उहाँले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न भएका चार ब्यारेक तथा आवास भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै महानिरीक्षक कार्कीले समुदायको अपनत्व र साथबिना प्रहरी सफल हुन नसक्ने बताउनुभयो ।

अपराध कम गर्न तथा अनुसन्धानमा नागरिकको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो । दिनभर सुरक्षामा खटिएको प्रहरीलाई आराम गर्ने कक्षको बागलुङ सदरमुकाममै अभाव भएकामा भवन बनेपछि सहज भएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा रु नौ करोड ७१ लाखको लागतमा ब्यारेक, मेस, हिरासत कक्ष र वरिष्ठ प्रहरी अधिकृत आवास तथा कार्यालय प्रमुख निवास गरी चार भवन निर्माण गरिएका छन् ।

नागरिक प्रहरी कार्यालयमा आउँदा आफ्नै घर सम्झेर विश्वासका साथ आउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक कार्कीले प्रहरीलाई थप प्रविधिमैत्री र परिस्कृत बनाउन आवश्यक रहेको बताउनुभयो ।

नेपालभर २८५ वटा प्रहरी युनिट जोखिमपूर्ण अवस्थामा छन् भने थप ९७० प्रहरी युनिटको माग भइरहेको उहाँले बताउनुभयो ।

विसं २०७९ देखि निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालयको उक्त भवन २०८३ जेठमा सम्पन्न भएकाले प्रहरीले भाडामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।