२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पुनले आज राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने



file photo
अ+ अ-

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको आज जवाफ दिने भएका छन् । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।

बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य सूर्यमान गुरुङ र प्रतिनिधि सभाका पूर्व सदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।