२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा ओमानले नामिबियालाई ११० रनको लक्ष्य दिएको छ ।

केनसिङ्टन ओभल वार्वाडोस मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको ओमानको टोली १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । खालिद काइलले ३४, जिसन मकसुदले २२, आयान खानले १५, सकिल अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्न रुवेन ट्रम्पेलम्यानले ४, डेभिड वाइजले ३, जेरहार्ड इरामसले २ तथा बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए ।