३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाले जितको खुशी मनाउँदा, रियल भने बराबरीमै सिमित



अ+ अ-

म्याड्रिड । स्पेनी ला लिगामा शनिबार भएको खेलमा लियोनल मेसी र एन्टोन ग्रिजमनको दुई–दुई गोलमा बार्सिलोनाले ग्रेनेडालाई माथि ४–० सजिलो जित निकाल्यो । ग्रिजमनले १२औं मिनेटमा गोलको खाता खोलेपछि ६३ औं मिनेटमा आफ्नो दोस्रो गोल गरे । यसबीच मेसीले ३५ र ४२ औं मिनेटमा गोल गरे । यो जितपछि बार्सिलोना ३४ अंकसाथ तेस्रो स्थानमा उक्लेको छ ।

रियल म्याड्रिड ३७ अंकसाथ दोस्रो स्थानमा छ । उसले शनिबारको अर्को खेलमा ओसासुनासँग निराशाजनक गोलरहित बराबरीमा चित्त बुझायो । यस्तै सेभियाले रियल सोसिडाडलाई ३–२ ले हरायो ।

लिगको सुरुआतमा राम्रो प्रदर्शन गरेको सोसिडाड यो हारपछि ३० अंकसाथ पाँचौं स्थानमा रह्यो । एटलेटिको म्याड्रिड र एथलेटिको बिलबाओबीचको खेल भने खराब मौसमका कारण रद्द गरिएको छ ।