२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको उद्घाटन खेलमा क्यानडाले आयोजक अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रन जोड्यो ।

उसका लागि नवनित धालिवालले ४४ बलमा ६१ र निकोलास किर्तोनले ३१ बलमा ५१ रन जोड्दै अर्धशतकीय पारी खेले ।

यस्तै, आरोन जोनसनले २३, दिलप्रीत बजवाले ११ रन जोड्दा श्रेयस मोभवा १६ बलमा ३२ रनमा अविजित रहे ।

बलिङतर्फ अमेरिकाका अलि खान, हरमित सिंह र कोरी एन्डरसनले १–१ विकेट लिए ।