२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’

आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’
अ अ+ अ-

ललितपुर । नेपालमा बिरामीमा हिप प्रत्यारोपण गरिएको खबर मात्रै सर्वसाधारणले सुनेका छन् । तर सडक दुर्घटना या क्यान्सर लागेको हाडजोर्नी काटेर फ्याँकेको ठाउँमा कृतिम हाडजोर्नी प्रत्यारोपण गरि जस्ताको तस्तै बनाएको खबर भने धेरैलाई थाहा छैन ।

नेपालका विभिन्न अस्पतालमा कार्यरत युवा पुस्ताका ८ जना क्यान्सर विशेषज्ञ एवम् हाडजोर्नी शल्य चिकित्सकले २०८१ जेठ १७ गतेसम्म एक सय जनाको हात गोडामा सफलतापूर्वक कृतिम हाडजोर्नी प्रत्यारोपण (इन्डोप्रोस्थेसिस) गरेको तथ्य शुक्रबार सार्वजनिक गरेका छन् ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा ती ८ जना शल्य चिकित्सकहरुले १०० जनामा हाडजोर्नी सफलतापूर्वक प्रत्यारोपण गरिएको सफलताको कथा तस्वीर र भिडियो मार्फत सार्वजनिक गरेका हुन् ।

ती एकसयवटा हाडजोर्नी प्रत्यारोपणमध्ये राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा ३०,नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा २०, किस्ट अस्पताल ललितपुरमा १७, भक्तपुर क्यान्सर अस्पताल भक्तपुरमा ७, त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा ५, पाटन अस्पताल, ललितपुरमा ११, सैनिक अस्पताल छाउनीमा ६ र बयलपाटा अस्पताल अछाममा ४ जनाको भएको पनि उनीहरुले बताए ।

शरीरको विभिन्न भागमा फैलिएको क्यान्सरको कारण या विभिन्न दुर्घटनामा परि हातगोडा काटेर फ्याक्नुपरेमा सो ठाउँमा नयाँ हाडजोर्नी प्रत्यारोपण गर्न सकिने पनि ती हाडजोर्नी शल्य चिकित्सकहरुले बताएका छन् । र, नेपालमा यस प्रकारको प्रत्यारोपण शतप्रतिशत सफल भएको पनि उनीहरुले बताए ।

नेपालका विभिन्न सरकारी र नीजि अस्पतालमा कार्यरत रहेका ति आठजना विशेषज्ञ शल्यचिकित्सकहरुको सामाजिक संस्था‘टिम सार्क नेपाल’ लगायतका अस्पतालहरुको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा सो संस्थामा आवद्ध हाडजोर्नी तथा क्यान्सर शल्यचिकित्सकहरुले हाडजोर्नी प्रत्यारोपणको सफलताको कथा सुनाएका थिए ।

भारतका केही शहरमा त्यँहाको सरकारले कृतिम हाडजोर्नी प्रत्यारोपण कार्य नि:शुल्क गर्दै आएको बताउँदै क्यान्सरको कारण हात गोडाका हाडजोर्नी काटेर फ्याँकेको ठाउँमा नयाँ हाडजोर्नी प्रत्यारोपण गर्न नेपाल सरकारले विरामीहरुलाई १ लाख रुपैयाँ अनुदानलाई वृद्धि गरि १० लाख पुर्‍याउनुपर्ने ती शल्य चिकित्सकको माग थियो ।

टिम सार्क नेपालका ८ जना वरिष्ठ सर्जनहरुमध्ये डा.ऋषिराम पौडेल, (पाटन अस्पताल/नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ),डा.जनिथ सिंह (नेपाल क्यान्सर अस्पताल/राष्ट्रिय ट्रमा सेन्टर), डा.बसन्त महर्जन (नेपाल क्यान्सर अस्पताल/किस्ट अस्पताल), डा.विनायक ढुंगेल (भक्तपुर क्यान्सर अस्पताल), डा.दिपेन्द्र महर्जन (सैनिक अस्पताल), डा. प्रसन्न दिप कार्की तथा डा. कृष्णजंग कार्की (राष्ट्रिय ट्रमा सेन्टर) र डा.मन्दिप पाठक (बयलपाटा अस्पताल अछाम) छन् ।

कार्यक्रममा नेपालमा तीन दशक अघिदेखि हाडजोर्नी प्रत्यरोपण गर्दै आएका अग्रज वरिष्ठ शल्य चिकित्सक राष्ट्रिय ट्रमा सेन्टरका पुर्व निर्देशक प्रा.डा.अशोक रत्न बज्राचार्यले पछिल्लो समय युवा हाडजोर्नी शल्य चिकित्सकहरुले हाडजोर्नीसम्वन्धि जटिल भन्दा जटिल शल्यक्रिया गर्न र हाडजोर्नी प्रत्यारोपण गर्न सफल भएकोमा बधाई दिनुभयो ।

नेपालका युवा शल्य चिकित्सकहरु हाडजोर्नी प्रत्यरोपण गर्न सक्षम रहेको उल्लेख गर्दै उहाँले सरकारले उनीहरुलाई प्रोत्साहन गर्न सरकारसंग आग्रह गर्नुभयो । नेपालमा हाडजोर्नी प्रत्यारोपणको लागि अब कुनैपनि विरामीले विदेशका अस्पतालमा महंगो खर्च गरि उपचार गर्नको लागि जान नपर्ने पनि उहाँँको कथन थियो ।