• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   भारत र इंग्ल्यान्डबिचको खेलमा वर्षाको डर, रद्द भए के हुन्छ? ★   बाल विवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस्: सांसद कार्की ★   काठमाडौँ महानगरपालिकाले थाल्यो, डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान ★   गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक ★   दुग्ध किसानहरुले सरकारसँग पसिनाको मूल्य माग गरेका हुन्: सांसद बाँस्कोटा ★   साउदी अरबका लागि राजदूतमा सिफरिस गरिएका अबुसुफ्यान खान बिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी ★   कोशेढुङ्गा बन्यो तालिम ★   असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस्: सांसद पौडेल ★   टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम ★   एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल

यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु



खलङ्गा । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले राससलाई बताउनुभयो ।

अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।