५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु



अ+ अ-

खलङ्गा । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले राससलाई बताउनुभयो ।

अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।