• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

दुग्ध किसानहरुले सरकारसँग पसिनाको मूल्य माग गरेका हुन्: सांसद बाँस्कोटा



काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरुले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताउनुभएको हो । उहाँले सरकारले दुग्ध किसानहरुको करिव एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न ध्यानाकर्षण गराउनु भयो । उहाँले दुग्ध किसानहरुले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर,गाई भैँसी सडकमा छोड्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले दुग्ध किसानहरुले सरकारसँग ५ अर्ब बढी रकम भुक्तानी नदिँदा किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर पनि घर चलाउन समेत रुवाउनुपर्ने अवस्थाको अन्त्य सरकारले गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले वर्तमान सरकार दुग्ध लगायत अन्य किसानहरुलाई समेत रुवाएर आफू हासेर बस्न नसुहाउने बताउनु भयो ।

उहाँले जनताको सरकार भएपछि जनताप्रति जवाफदेही हुनुपर्ने बताउनु भयो । उहाँले अहिले पनि दुग्ध विकास संस्थाले १ अर्ब ५५ करोड भन्दा माथि भुक्तानी गर्न बाँकी रहेको बताउनु भयो । उहाँले निजी क्षेत्र व्यापार र नाफामा मात्रै लिप्त हुँदा जवाफदेहिता नभएको बताउनु भयो । उहाँले लम्पी स्किनलाई लिएर अर्बौंको क्षति हुँदा समेत किसानहरुले बीमाको रकम लगायत गाईको मूल्य नपाएको बताउनु भयो । उहाँले सरकारले एउटै वडामा ६ करोड भन्दा बढी रकम तिर्न बाँकी रहेको भन्दै यसमा सरकारको दृष्टिकोण माग गर्नुभयो । उहाँले दुग्ध किसानका समस्या समाधानमा प्रधानमन्त्री,अर्थ र कृषि मन्त्रीबाट जवाफ माग गर्नुभयो ।’

‘उहाँले निजी क्षेत्र मुनाफा,व्यापार ,आयात र कर छुट मात्रै पेश गर्ने भन्दा पनि उद्यमशिलतामा लगानी गर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले पाउडर दुध बाहिरबाट ल्याउने, दुग्धजन्य पदार्थ पनि बाहिरबाट ल्याउने नीति के हो ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले देशमा उत्पादन भएकाले वस्तु पुग्दा समेत बाहिरबाट आयात गर्नुपर्ने आवश्यकता नभएको बताउनु भयो । उहाँले दुग्ध विकास संस्थानमा ११ सय मेट्रिक टन धुलो दुग्ध,८५० मेट्रिक टन मखन १ करोड ४५ लाख भन्दा बढीको मौज्दातमा बसेको बताउनु भयो । उहाँले सरकार अनुदान पनि नदिने र दुग्ध विकास संस्थान सुधार गर्न नचाहेको आरोप लगाउनु भयो । उहाँले सरकारले दुधको भुक्तानी नदिँदा किसानहरु मल,बीउ,जनजीवन धान्न र औषधिहरु किन्न पैसाको अभाव र पीडामा रहेको बताउनु भयो । उहाँले जनता दु:खमा पर्दा सरकार रमिता हेरेर बस्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ दुग्ध किसानहरुले सरकारसँग ५ अर्ब बढी रकम पाउन सकेका छैनन् । किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर परिवार र घर चलाउन चाहेको कुरालाई महिनौंदेखि भुक्तानी नदिएर किन रुवाउँदै छौं । किसानलाई रुवाएर सरकार हासेर बस्ने हो ? जनताको सरकार होइन ? जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन ? अहिले पनि दुग्ध विकास संस्थाले १ अर्ब ५५ करोड भन्दा माथि भुक्तानी गर्न बाँकी छ । प्राइभेट सेक्टर व्यापारमा मात्रै लिप्त छ । नाफामा मात्रै लिप्त छ जवाफदेहिता छैन । निजी क्षेत्रले दुग्ध नकिन्दा पनि सुख पाउँछ । हामीले यही सदनमा बारम्बार उठायौं । लम्बी स्किनलाई लिएर अबौंको क्षेती भयो भन्यौं । किसानहरु बसिरहेका छन् । तर अहिलेसम्म मूल्य पाइएन । एउटै वडामा ६ करोड भन्दा बढी रकम तिर्न बाँकी छ । यसमा सरकारको दृष्टिकोण के हो । प्रधानमन्त्री,अर्थ र कृषि मन्त्रीको कुरा के हो ? निजी क्षेत्र मुनाफा खोर भएको हुनाले गैरजिम्मेवार हुनसक्छ । अब निजी क्षेत्रले मुनाफा,व्यापार ,आयात र कर छुट मात्रै पेश गर्ने की उद्यमशिलतालाई पनि लगानी गर्ने हो । पाउडर दुग्ध बाहिरबाट लिएर आउने,दुग्धजन्य पदार्थ पनि बाहिरबाट ल्याउने नीति के हो ।’

‘जब हाम्रो देशमा उत्पादन भएकाले पुग्छ भने संरक्षणको कुरा हुन्छ । दुग्ध विकास संस्थानमा ११ सय मेट्रिक टन धुलो दुग्ध,८५० मेट्रिक टन मखन १ करोड ४५ लाख भन्दा बढीको मौज्दातमा बसेको छ । सरकार अनुदान पनि नदिने र दुग्ध विकास संस्थान सुधार गर्न पनि दिने अवस्था छ । २४ लाख ६० हजार लिटर मासिक दुग्ध खरिद हुन्छ । किसानहरु कसरी बस्ने ? मल,बीउ,लुगा किन्न र बच्चाको फि तिर्न रकम छैन । बुबा आमा विरामी छन सिटामोल किन्न पैसा छैन । सरकार यस्तो खालको रमिता हेरेर बस्न मिल्छ की मिल्दैन । सरकारलाई सोध्न चाहन्छु । एक वर्ष देखिए एउटै कुरा दोहोरी रहन्छ भने जनताले आशा कसरी गर्ने ? दुग्ध विकास संस्थानको क्षमता विकास,स्टोरेज,वितरण प्रणाली,कर्मचारी नियुक्ती अधिक दरबन्दी कसरी मिलाउन चाहेको छ । सरकारको नेपाल प्रहरी,नेपाल आर्मी जस्ता संस्थाहरुमा दुग्ध अनिवार्य रुपमा दुग्धजन्य पदार्थहरु जाने कुरा,चक्लेट उद्योगहरु सञ्चालन, धुलो दुग्ध उत्पादन गरी मुलुक भित्रका उद्योगलाई प्रवद्र्धन गर्ने विषयमा सरकारको ध्यान जानुपर्छ । सरकारसँग दुग्धको भुक्तानी पाउन फ्रान्समा जस्तो ट्याक्टर,गाई भैँसी सडकमा ल्याएर छोड्ने पर्ने हो ? के गर्‍यो भने किसानले न्याय पाउँछन् । किसानहरुले सरकारसँग भिख मागेको होइनन् । किसानले पसिनाको मूल्य मागेको हो । त्यस तर्फ सरकारको गम्भिर ध्यानाकर्षण होस् ।’

उहाँले दुग्ध विकास संस्थानको क्षमता विकास,स्टोरेज,वितरण प्रणाली,कर्मचारी नियुक्ति अधिक दरबन्दी मिलान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारको नेपाल प्रहरी,नेपाल आर्मी जस्ता संस्थाहरुमा दुग्ध अनिवार्य रुपमा दुग्धजन्य पदार्थहरु जाने कुरा,चक्लेट उद्योगहरु सञ्चालन, धुलो दुग्ध उत्पादन गरी मुलुकभित्रका उद्योगलाई प्रवद्र्धन गर्ने विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।