१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बाल विवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस्: सांसद कार्की

बाल विवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस्: सांसद कार्की
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले समाजमा बालविवाह ठूलो रोगको रुपमा रहेको भन्दै यस्तो गर्ने गराउनेलाई कडाभन्दा कडा कानूनी कारबाही गरिनुपर्ने बताउनु भयो ।

उहाँले संविधान र कानुनमा बाल विवाहलाई वर्जित गरिएको भएपनि कानून कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले अहिलेपनि बाल विवाहको दर ३५ प्रतिशत रहेको र मधेस प्रदेशमा त झनै ४२.४ प्रतिशत रहेको भन्दै यसलाई पूर्णरुपमा रोक्नुपर्ने बताउनु भयो । उहाँले कुनै कानूनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । उहाँले कानुन कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनलाई पनि कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बालबालिका हाम्रा भविष्यका कर्णधार हुन् । र यिनीहरुको भविष्यसँग खेलवाड गर्ने बालविवाह हाम्रो समाजको ठूलो रोग हो । यसले हाम्रा बालबालिकाहरुमा शारीरिक समस्या त ल्याएको छ नै सँगै उनीहरुमा आर्थिक परनिर्भरता ल्याएको छ । शिक्षाबाट तिनलाई वञ्चित गरेको छ । र उनीहरुलाई बाध्यात्मक यौन क्रियामा संलग्न हुनुपर्ने अवस्थाको सिर्जना गरेको छ । कलिलो उमेरका छोरीहरुले गर्भावस्था र प्रसव अवस्थाका कयौँ गम्भीर समस्याहरुको समाधान गर्नु परेको छ । यसरी बालविवाहले उनीहरुको बाल्यकाल, उनीहरुको स्वास्थ्य, शिक्षा, रोजगारी, उनीहरुको भविष्य र उनको सारा सपनाहरु खोसेको छ ।

म नेपालको संविधानको धारा ३९ को उपधारा(५) तर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, यसले बालविवाह गर्न, गराउन पूर्ण बन्देज गरेको छ । यसले बालविवाहलाई अपराध मान्दछ । हाम्रो मुलुकी अपराध संहिताले त बाल विवाह गर्ने, गराउनेलाई कैद र सजाय नै तोकेको छ । तर यसका बाबजुद बाल विवाह हाम्रो देशमा निर्वाध रुपमा खुल्लम्खुल्ला कुनै रोकतोक बिनै भइरहेको छ । म आग्रह गर्न चाहान्छु, कानुनमा कुनै कमी कमजोरी छन् भने सदनलाई जानकारी गराइयोस् । त्यसलाई आवश्यकता अनुसार परिमार्जन गरियोस् । र यो समस्यामा गम्भीर ध्यान पुर्‍याइयोस् । बाल विवाह गर्ने, गराउनेलाई कडा कारबाही गरियोस् । कार्यान्वयमा फितलोपन देखाउने प्रशासनपंक्तिलाई पनि कारबाहीको दायरामा ल्याइयोस् । बालविवाह विरुद्धको लडाँइलाई नारामा मात्र सिमित नराखीयोस् । शिक्षा र रोजगारीमा पनि लगानी बढाइयोस् । विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्नेकुरामा सरकारको ध्यान जाओस् ।’

सांसद कार्कीले सरकारले शिक्षा र रोजगारीमा लगानी बढाउनुपर्ने बताउनु भयो । उहाँले विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।