११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’
सांकेतिक तस्बिर
अ अ+ अ-
टीकापुर । कैलालीका किशोरीहरु महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन् । किशोरीहरु महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन् । महिनावारी व्यवस्थापन महिलाको स्वास्थ्य र प्रजननसँग जोडिएको विषय हो ।
टिकापुरस्थित कर्णाली माविकी कृष्टिना पोखरेल महिनावारी भएका बेला पुरुषको साथ चाहिने बताउनुहुन्छ । “महिनावारी भएका बेला कसैलाई पेट दुख्ने, ढाड दुख्ने समस्या हुन्छ”, उहाँ भन्नुहुन्छ, “यस्तो बेलामा स्यानिटरी प्याड किनेर ल्याइदिने, पोषिलो खानेकुराको जोहो गरिदिनेलगायत काममा पुरुष सहयोगी बन्नुपर्छ ।”
महिनावारी भएका बेला छुवाछूतको व्यवहार गर्दा पर्याप्त पानीसमेत खान नपाएर स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पोखरेल बताउनुहुन्छ । “कहिलेकाहीँ विद्यालयमै महिनावारी हुन्छौँ, त्यो बेला कक्षाका सबै साथी बाहिर ननिस्कुञ्जेल उठ्न सक्दैनौँ,” उहाँले भन्नुभयो, “शिक्षकसँग पनि भन्न आँट आउँदैन, केटी साथी वा महिला शिक्षकसँग मात्र भन्न सक्छौँ ।”
महिनावारीबारे सङ्कोच नमानी कुरा गर्ने वातावरण घर, समुदाय र विद्यालयमा हुनुपर्छ । जनता राष्ट्रिय मावि सोनाहाफाटाकी आकृति रावलले महिनावारीको समयमा महिलालाई भेदभाव हुने गरेको बताउनुभयो । “महिनावारी हुँदा आवश्यक लुगा तथा सामानको जोहो गर्न घरका पुरुषको सहयोग पाइनुपर्छ । बुबा तथा दाजुभाइले प्याड किनिदिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “घरबाटै सहयोग सुरु हुनुपर्छ । पसलमा प्याड किन्ने वातावरण अनिवार्य चाहिन्छ ।”
कर्णाली मावि सत्तीकी समीक्षा भण्डारीले महिनावारी भएका बेला तातो तथा झोलिलो खानेकुरा आवश्यक पर्ने भएकाले यसमा बुबा तथा दाजुभाइको सहयोग चाहिने बताउनुभयो । “आमा काममा भएका बेला महिनावारी भएका छोरीहरु भोकै बस्नुपर्छ”, उहाँले भन्नुभयो, “बुबा तथा दाजुभाइले खानेकुराको जोहो गरिदिने, धेरै दुखाइ भएमा औषधि ल्याइदिने, तनाव कम गर्ने वातावरण बनाउन सघाउनुपर्छ ।”
‘न्यू लाइट एजुकेसन होम’की ओजश्वी भाट महिनावारी हुनु सन्तान जन्माउन वा श्रृष्टि चलाउनका लागि सक्षम हुनु हो भन्ने कुरा छोरीहरुलाई पनि बुझाउनुपर्ने बताउनुहुन्छ । “महिनावारीसँगै शरीरमा आउने शारीरिक, मानसिक परिवर्तनबारे ज्ञान दिनुपर्छ, यस्तो बेलामा घर तथा विद्यालयको वातावरण छोरीका लागि सहज हुनुपर्छ”, उहाँ भन्नुहुन्छ, “यसमा परिवार र विद्यालय जिम्मेवार बन्नुपर्छ । महिनावारीका समयमा तनावमा हुन्छौँ । यस्तो बेलामा पढाइमा रुचि नलाग्न सक्छ ।”
टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारी महिनावारीका नाममा समाजमा अपनाइएका गलत अभ्यास रोक्न आवश्यक भएको बताउनुहुन्छ । “हरेक घरमा महिनावारी भएका महिलालाई सघाउने, सहज वातावरण बनाइदिने कार्यमा पुरुषको साथ आवश्यक छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले महिनावारीमा हुने समस्या र समाधानका उपायबारे समुदाय स्तरमै सिकाउनुपर्छ ।”
महिनावारी स्वच्छता महिलाको स्वास्थ्य, प्रजननसँग जोडिएको कुरा भएकाले स्वास्थ्य र चेतनामा सबै जिम्मेवार बन्नुपर्ने हुन्छ । वरिष्ठ नर्सिङ निरीक्षक कल्पना खड्का कुनै रमाइलो दिन, जन्मदिनलगायतका अवसरमा छोरीहरुलाई स्यानिटर प्याड गिफ्ट दिने पुरुष हुनुपर्ने बताउनुहुन्छ । “महिलालाई प्याड किनेर लगिदिने पुरुष निकै कम भेटिन्छन्”, उहाँले भन्नुभयो, “प्याड किन्न पैसो चाहिन्छ, यो पुरुषको स्वामित्वमा हुन्छ, आवश्यक पोषिलो खानेकुरा जुटाइदिन तथा घरायसी काममा सघाउन पुरुष सहयोगी हुनैपर्छ ।” रासस