काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा छापेपछि धेरैलाई छटपटी भई सरकार ढाल्ने खेल सुरु भएको दाबी गर्नुभएको छ ।
राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले बिकास देखिनसहेकाहरुले षडयन्त्र गरेर काम गर्न नदिएपछि जनतामा जाने निर्णय लिएको दाबी गर्नुभयो ।
सरकारले गरेको कामको फेरिहस्त प्रस्तुत गर्दे प्रधानमन्त्री ओलीले बिकास देखेर आफनोदलका नेताहरु नै आत्तिएको बताउनु भयो । उहाले भन्नुभयो यो गतिमा बिकास नेकपालका कुनै सरकारले गर्न सकेको थिएन ।