११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ४१.२४ अंक बढेर २२३५.७२ विन्दुमा



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४१ दशमलव २४ अंक बढेर २ हजार २२३५ दशमलव ७२ विन्दुमा पुगेको छ । आइतबार २०६ ओटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयरको रू. ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये जीवन बीमा कम्पनीहरुको समूहबाहेक सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ३ शदमलव ९८ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी बैकिङ समूहको परिसूचक ३ दशमलव ५९ प्रतिशत वृद्धि भएको छ । दोस्रोमा कुमारी बैंकको रू. ३० करोड ४५ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

सबैभन्दा प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९७ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । आइतबारको कारोबारमा सर्वाधिक कारोबार भने प्रभु बैंकको भएको छ । उक्त कम्पनीको रू. ४० करोड २९ लाख ९१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।




भर्खरै